मनोरञ्जन

चलचित्र ‘काँडेतार’ का अभिनेता खड्कालाई युकेमा वलिराज सम्मान -२०८१ प्रदान

लण्डन,
गत २२ नोभेम्बर २०२४ दिन नेपाली चलचित्र ‘काँडेतार’ का निर्माता सत्यकला राई तथा अभिनेता नवल खड्कालाई खस समाज युकेले ” वलिराज सम्मान -२०८१ ” द्वारा बेलायतमा सम्मान गरेकोछ |

साउथईष्ट लण्डन रोयल बरो अफ ग्रीनउइचका मेयर जित रानाभाटको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रममा उक्त सम्मान गरिएको हो |साउथईष्ट लण्डनको प्लम्स्टीट स्थित क्याप्रिकन रेस्टुराँमा अभिनेता नवल खड्का र कलाकार सत्यकला राईलाई खस अन्तर्राष्ट्रिय समन्वय समाजका केन्द्रिय सम्योजक टेक बहादुर थापा, खस समाज युकेका सल्लाकार राजेन्द्र खस र आदिवासी जनजाति महासंघ युकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाले संयुक्त रुपमा खादा तथा सम्मान पत्र प्रदान गरेका थिए |नेपाली चलचित्र र कलाको मध्यमबाट नेपाली समाजलाई पुर्याएको योगदानको उच्चमुल्याङ्कन गर्दै उक्त सम्मान गरिएको खस समाजका अन्तर्राष्ट्रिय सम्योजक टेक बहादुर थापाले सो अबसरमा बताएका थिए |त्यसैगरी साउथईष्ट लण्डन रोयल बरो अफ ग्रीनउइचका मेयर जित रानाभाटले चलचित्र ‘काँडेतार’ को मुक्त कन्ठले प्रशंसा गरेका थिए |

उक्त अबसरमा चलचित्र काँडेतारको विशेष शो गोरखा क्याप्रीकनको हलमा प्रदर्शन पनि गरिएको थियो । चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत कथा वस्तुमा आधारित भएकाले चलचित्र उत्कृष्ट रहेको चर्चा कार्यक्रम संयोजक नायक, निर्माता एवं निर्देशक मनिस श्रेष्ठले बताउनु भएको थियो | चलचित्र ‘काँडेतार’युकेमा अल्डर्सट, आशफोर्ड, स्वीडन, बेजिङस्टोक, साउथह्यारो लगायतका एक दर्जन ठाउँहरुमा प्रदर्शन गरिएको चलचित्रका नायक नवल खड्काले जानकारी गराउनु भएकोछ |

आफ्नो देशलाई विदेशी भूमिमा चिनाउने उदेश्यले निमार्ण भएको चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफू अत्यन्तै हर्षित भएको चलचित्र निर्मात्री सत्यकला राईले सम्मान कार्यक्रममा बताएकीथिन |चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरञ्जन प्रदानगर्न गायिका समेत रहेकी चलचित्र निर्मात्री सत्यकलाले आफ्ना चर्चित गीतहरु पनि उक्त अबसरमा प्रस्तुत गरेकीथिन |

नवल खडका, गौरब पहाडी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलिधर, सन्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठलगायत कलाकारहरुको अभिनय रहेको चलचित्र काँडेतारलाई नेपाल सरकारको सेन्सर बोर्डले हालसम्म प्रदर्शनको लागि सर्टिफिकेट नदिएको फिल्मका निर्माता तथा नायक नवल खड्काले बताएकाछन | नेपाल र भारत बीचको सिमाना विवाद चलचित्रमा समेटिएको छ ।

Related Articles

Back to top button