मनोरञ्जन

ब्रेभेष्ट अफ ब्रेभेष्ट को एक समिक्षा – बिश्वजित थापा

ब्रेभेष्ट अफ ब्रेभेष्ट, गोर्खालीहरुको लागि यो अंग्रेजी पंति निकै प्रचलित छ जस्को शाब्दिक नेपाली अर्थ हो, बहादुर भन्दा बहादुर । गोर्खाली सिपाहिहरुको पहिचान यतिमै सिमित नभै अन्य उपमाहरुले पनि गरिएको पाईन्छ जस्तै ईमान्दार, सोझो, जे भन्यो त्यही मान्ने र जसो गर भन्यो तसै गर्ने मानौ कुनै मेशिन जस्तो । तर सबै भन्दा पहिला आउने भनेकै बहादुरनै हो । फेरि पनि प्रश्न उठ्छ बहादुर भनेको के हो ? सोझो अर्थमा निडर, निर्भय, उ भनेको क्रुर अनि अलि मूर्ख हुन्छ आदि ईत्यादि । बहादुर शब्दको शुक्ष्म बिष्लेषण गर्दा यहि अर्थ हुन आउछ । के गोर्खालिहरुको पहिचान यतिले सिमित छ त ? के उनिहरु भनेको युद्धमा मान्छे काट्ने जल्लाद मात्र हैन ? उनिहरुको पहिचान बिशेषत यसरिनै लिने गरिन्छ । मानौ उनिहरु अर्कै ग्रहको एलियन हुन् । प्रदिप शाहीदरा निर्देशित चलचित्र गोर्खा (विनिथ द ब्रेभरि)ले प्रट्याउन चाहेको यिनै कुराहरु हुन् । गत द्दठ जुनबाट संसारभर रिलिज भएको यस चलचित्र युकेका पुन बिभिन्न स्थानहरुका प्रदर्शनमा आउने भएको छ । कुनै ठाउहरुमा त लागिनै सक्यो ।

कथाको मुख्य पात्र पहिलो भिक्टोरिया क्रसले सम्मानित कुलबिर थापामा आधारित छ । सरसर्ति हेर्दा यो जम्मा दुई दिनको कथा हो । कथाको शुरुवात कुलविर बारुदको धुवाँबाट ब्यूझिएर खुटटामा गोलि लागेर छटपटाई रहेको दृश्यवाट देखाईन्छ । त्यसपछि उनि घिस्रदै आफ्नो टेन्चतर्फ जादा आंखा अगाडि आफ्नी श्रमति (गौमाया गुरुंग) र छोराको उभिएर उनलाई हेरि रहेको देख्छ । यहिबाट कथाको जनरा अनुमान लगाउन सकिन्छ । कथा युद्धका दृश्यहरुले नभै ईमोशनले भरिपूर्ण छ । मानविय संवेदनाहरुले पनि भरिएको हुनेछ । एउटा सिपाहि कुनैपनि युद्धमा जव आफ्नो जहान परिवारको याद गर्छ तव उ मृत्यूको नजिक पुगि रहेको छ भन्ने बुझिन्छ । चलचित्रका दृश्यहरुमा श्रमति र छोराको पटक पटक प्रवेशले यस्तै किसिमको आभास दिलाई रहेको हुन्छ साथै कथालाई ट्याकमा ल्याउने काम पनि गरि रहेका हुन्छ ।

कुलबिर घिस्रदै अगाडि बढने क्रममा एकजना मरोणासन्न गोर्खाली सथिले उसको हाथमा खुकुरी भिडाई दिन्छ जस्को अर्थ हुन्छ अब बहादुरि देखाउने पालो तेरो हो र सबैलाई खतम गरिदिनु तर तेस्तो दश्य केहि देखिदैन । कुलविर पून अगाडि बढछ । रात पर्छ । बाटोमा एकजना अर्को घाईते ब्रिटिश सिपाहि देखा पर्छ । तेस सिपाहिले आफूलाई छोडिदिन र आफ्नो ज्यान जोगाउन भन्छ तर कुलविरले ईन्कार गर्छ । उक्त सिपाहिलाई नछोडि मलम पट्टितर्फ गर्नतर्फ लाग्छ । उसलाई रातभरि पहरा दिन्छ । बिहान हुन्छ । बिहानपख त्यो ब्रिटिश सिपाहि झन् अशत्त हुन्छ । तेस्पछि कुलविरले कांधमा बोकेर ब्रिटिस टेन्चसम्म ल्याईपुर्याउछ । कुलविरको काम यत्तिमै सिमित हुदैन । उनि अन्य घाईते गोर्खालि साथिहरुलाई पनि घिसार्दै उद्धार गर्न थाल्छ । यि सबै दृश्य जर्मन सिपाहिकरुले शुरु देखि नियालि रहेका हुन्छन् । जर्मनिहरुले कुलविरलाई गोलि हानेर मार्ने मौका नपाएको होईन अझ त्यहि माथि माथिल्लो अफिसरको हुकुम बाबजुद कसैले गोलि चलाउदैनन् । कुलविरको यस्तो चर्तिकला देखि जर्मन सिपाहिहरु दंग परि रहेका हुन्छन् र अर्को एकजनाले त तालि नै बजाएर हौसला प्रदान गरिदिन्छ । त्यस युवकले तालि बजाए पछि अन्य सैनिकहरु सबैले समेत तालि बजाएर कुलविरलाई सम्मान ब्यक्त गर्छन् । वास्तवमा भन्ने हो भने कुलविरको लागि जर्मनिहरुको तालि भिक्टोरिया क्रश जत्तिकै बराबरको सम्मान हो । जर्मनि सिपाहिहरुले कुलविरको त्यो गतिविधि देखेर किन तालि बजाए त्यसको छुटै बहश गर्न सक्छ तर उनिहरुले देखाएको त्यो ब्यबहार प्रशंशा गर्न लाएककै हो । जर्मनिहरुलाई थाहा थियो कि गोर्खालिहरु ब्रिटिस सेना नभै अन्तैबाट ल्याईएका सिपाहिहरु हुन । उनिहरुले गोर्खालिको नाम मात्र सुनेका थिए तर अनुहार कहिल्यै देखेका थिएनन् । अनुमान मात्र लगाएका थिए तर त्यो हदसम्मको वफाबारिता चिताएका थिएनन् । एउटा घाईते सिपाहिले अर्को घाईते साथिलाई ज्यानको बाजि लगाएको प्रत्यक्ष साक्षत्कार कहिल्यै गरेका थिएनन् । कतिपयले त आफ्नो नजिक छटपटाई रहेको घाईते साथिको चित्कार सुन्न नसकेर आफ्नो होस गुमाउने र साथिकै हत्यासम्म गर्ने गर्छन् । यस्तो संस्कृतिमा हुर्केका पश्चिमि सिपाहिहरु, कुलबिरको तेस्तो ब्यबहार देखेर आजित भएका छन् । उ एउटा नेपालि तेहि माथि गाउले, सत्ताईस बर्षे युवकले देखाएको भाईचारा र बन्धुत्व देखेर जर्मनिहरु नतमस्तकनै बनेका हुन् । लडाईको मैदानमा छटपटिएर बसेको दाजुभाईलाई छोडेर एक्लै पिठ देखाई भागोस् कुलविरको संस्कारले त्यो दिएन । उनको त्यहि महान ह्दयको कारणले एक अन्जान ब्रिटिस सिपाहिको ज्यान जोगियो जसको बहादुरिको बर्णनले गर्दा कुलबिरको महानता युद्धसंगै बिलाएर गएन । यस्ता दृश्यहरु चलचित्रमा निकै ईमोशनल देखिन्छन् ।

चलचित्रको धेरै दृश्यहरु क्लोज अप सट वा मिड क्जोज अप सटहरुले भरिएका छन् । पात्रहरुको ईमोशन क्याचअप गर्दा यस्ता सटको सहरा लिईन्छन् । संवेदनाहरुलाई सटिक ढंगले स्कृनमा उतार्न यि सटहरुको ठूलो हात रहन्छ । शाहीले यस्तै स्टाईलहरुको प्रयोग गरेका छन् । अति नगण्यरुपमा ल्याडस्केप सटहरु प्रयोग भएका छन् जसले गर्दा युद्धको परिवेश फिका लाग्छ । शाहिले कथालाई ईमोशनमा मात्र सिमित पारेका छन् । डामासंगै अलिकति हरर पनि मिसाएर प्लट बगाउदा कथा बरालिएको छ । कुलविरको पत्निको (गौमायाको) प्रेतात्मा रुप कथामा अनावश्यक छ । कताकता भिमसेन लामाको गतबर्ष रिलिज भएको हरर चलचित्र कठपुतलिको झल्को देखिन्छ । कुलविर जस्तो बहादुरिताको पदक हासिल गरेको सिपाहि बन्दुक र तोपको आवाजले तर्सिनु, रुनु, झस्किनु जस्तो ईमोशनद दृश्यले गर्दा गोर्खालिहरुको बहादुरिताको छवि माथिनै प्रश्न उठ्न सक्छ । शाहिको यस चलचित्र नितान्त मानविय संबेदनाले भरिएको छ तेस्मा दुईमत छैन तर कुलबिर जस्तो पात्रको यस किसिमको सांघुरो प्रस्तुतीले उनको अस्मितामाथि नै धक्का लाग्न सक्ने आंशका गर्न सकिन्छ ।

बिश्वजित थापा
आशफोर्ड केन्ट,
युनिभर्सिटि अफ केन्ट फिल्मस् एण्ड मिडिया स्टडिज (दोस्रो बर्ष )
सर्ट फिक्सन, डकुमेन्टि फिल्म मेकर ।

Related Articles

Leave a Reply

Back to top button