मनोरञ्जन
गायक तथा मोडल डि.आर सुजन युकेको साँगेतिक यात्रामा रमाउदै (भिडियो सहित)

लण्डन,
२५ जनवरी २०२६ । नेपालबाट इन्फा फिल्म अर्वाडमा आफ्नो प्रस्तुती दिन लण्डन आएका गायक तथा मोडल डि.आर सुजन यतिवेला अन्य धेरै संघसंस्थाहरुको कार्यक्रममा आफ्नो प्रस्तुती दिईरहेका छन ।
गायक सुजनले आफ्नो स्वर, शब्द, निर्देशन र मोडल गरि करिब ५ सय भन्दा बढि सिर्जनाहरु बजारमा पस्कि सकेका छन् । उनका चर्चित गीतहरुमा फूली नाकैमा, बाउआमा ३ सजाय, सत्यनारायण, टोपी टोपी उनैको, उडेको चरी र परदेशी काँइलो लगायतका थुप्रै गीतहरु रहेका छन् । हाल भने सुजन नेपाली कथानक चलचित्र भद्रे जीको निर्माणमा काम गरि रहेका छन् । नेपालीसमाचार डटकमको भिडियो वार्तामा उनले युकेको साँगेतिक यात्रामा धेरै माया पाएको बताएका छन् ।
भिडियो:




