प्रवास

डोरबहादुर विष्टसम्बन्धी वृत्तचित्र प्रदर्शन हुने

११ अक्टोबर, लिस्वन । नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्ट जीवन र कृतिमाथि बनेको वृत्तचित्र “कास्ट अवे म्यान” पोर्चुगलमा प्रदर्शन गरिने भएको छ । केसाङ छेतेनद्वारा निर्देशित उक्त वृत्तचित्र नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा लिस्वनमा प्रदर्शन गर्न लागिएको हो ।

मेसोडोनियामा आयोजित चलचित्र महोत्सवमा सहभागी हुन युरोप भ्रमणमा रहेका फिल्म अभियन्ता तथा लेखक वसन्त थापा र केसाङ छेतेनको स्वागत कार्यक्रमसँगै महासंघले मानवशास्त्री डोरबहादुर विष्टबारे अन्तरक्रियाको पनि आयोजना गरिएको छ । अक्टोबर १६ मा आयोजना गरिएको वृत्तचित्र प्रदर्शन र अन्तरक्रियाले डोरबहादुर विष्टको मानवशास्त्रसम्बन्धी योगदान र यसले आदिवासी जनजातिहरुको आन्दोलनमा प्राप्त ऊर्जाको बारेमा पनि ज्ञान हुने आशा लिइएको महासंघ, पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगरले बताए ।

मानवशास्त्री विष्ट विगत २८ वर्षदेखि वेपत्ता छन् । उनले जुम्लाको चौधविसामा कर्णाली इन्स्टिच्यूट नामको संस्था स्थापना गरेर सामाजिक सेवा गरिरहेका थिए । त्यहाँबाट काठमाडौं फर्कने योजना रहेको थियो । उनी हालसम्म बेखबर छन् । विष्टको जन्म सन् १९२८ अप्रिल १५ मा भएको थियो । उनले लन्डन विश्वविद्यालयबाट अध्ययन पूरा गरेका थिए । उनका फेटलिज्म एन्ड डेभलप्मेन्ट,’ ‘पिपल अफ नेपाल,’ ‘रिर्पोट फ्रम ल्हासा’, ‘सबै जातको फूलबारी’ लगायतका पुस्तकहरू चर्चित छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button