क्यानडा र न्यूयाेर्कमा पहिचानवादी माेर्चा
४ डिसेम्बर, अमेरिका । प्रवासमा पहिचानवादी मोर्चा थप विस्तार भएको छ । उत्तर अमेरिकी महादेशकाे दुई देशमा माेर्चा गठन भएको हाे ।
पहिचानवादी मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लाओतीको उपस्थितिमा डिसेम्बर एकमा क्यानाडावासी नेपालीहरुको भर्चुअल बैठकबाट पहिचानवादी मोर्चाको क्यानाडा समिति गठन कार्य सम्पन्न भएको छ । पहिचानवादी मोर्चाको क्यानाडा समितिको संयोजकमा दीपेश थलङ निर्वाचित भएका छन् । उनको नेतृत्वमा नाै सदस्यीय क्यानाडा समिति बनेको छ । सदस्यहरूमा जनक चेम्जोङ, भगिराज चोङवाङक्याक, वीरकाजी गुरुङ, चन्द्रधोज राई, राजकुमार राई, सोम बहादुर चेम्जोङ, सुरेन्द्र लाओती र आदि याक्थुङ्बा रहेकाे माेर्चाका संघीय सदस्य तथा कार्यालय विभाग प्रमुख खगेन्द्र माखिमले जनाए ।
त्यसैगरी, संयुक्त राज्यको अमेरिकाकाे न्यूयोर्कमा पहिचानवादी मोर्चा गठन भएको छ । गत नोमेम्भर ३० तारिखका दिन पहिचानवादी मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लाओतीको आतिथ्यमा भएको कार्यक्रम मार्फत १७ सदस्यीय पहिचानवादी मोर्चा न्यूयोर्क एरिया समिति र छ सदस्यीय सल्लाहकार समिति निर्माण भएको छ । माेर्चा संयोजकमा विवश बेनाम, सह-संयोजकहरूमा राम सोदेम्बा लिम्बु र मिगेन थापा, सदस्यहरूमा भीमा नुगो, प्रेम कुरुम्वाङ, गणेश बेघा लिम्बु, पवित्रा सुब्बा, प्रेम राई, फूलु गुरुङ, जमुना चौहान, निलम जबेगू, सरोज थाङ्देन, पिके लिम्बु, अग्नि लिम्बु, र बिनु नेम्बाङ्ग, पान्थरे लुङ्वा लिम्बु, पुष्पा लिम्बु रहेका छन् ।
त्यस्तै, सल्लाहकारहरूमा निरन्जन अधिकारी, लिला सिङगक लिम्बु, टङ्क सेलिङ, राजकुमार विष्ट, दिपेश खाम्बेक चबेगू, सुमन थाम्सुङाङ लिम्बु चयन भएका छन् । मोर्चाले अन्य प्रवासमा पनि समिति निर्माण गर्न तयारी जुटाइरहेको संघीय सदस्य तथा लिम्बुवान प्रदेश समितिका संयोजक जेन्टल लाओतीले बताए ।