युके विशेष

प्रतिभा नक्षत्र २०२४’ को पाँचौं संस्करण अगष्ट २६ मा हुने

टेक बहादुर थापा 'राजेश'

लण्डन,
‘प्रतिभा नक्षेत्र’ युकेको पाँचौ संस्करण कार्यक्रम यही अगष्ट २६ अर्थात भदौ १० गते सोमबार दक्षिण पुर्बी बेलायतको वुल्विच स्थित सेन्ट जर्ज ग्यारिसन हलमा कार्यक्रम हुने भएको छ ।

कार्यक्रम सञ्चालन स्थानीय समयानुसार बिहान १० देखि राति ८ बजेसम्म हुनेछ । गत शनिवार प्रतिभा नक्षेत्रको कार्यालय वुल्वूच लन्डनमा आयोजित पत्रकार सम्मेलनमा प्रतिभा नक्षेत्र कार्यक्रमका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिएका थिए | २०१७ बाट शुरु भएको प्रतिभा नक्षेत्रले यसअघिका विभिन्न चारवटा संस्करणमार्फत् प्रतिभा नक्षत्र कार्यक्रमले परदेशमा रहेका बालबालिकाहरूले नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताप्रति आप्नोपनको अनुभव गराउन महत्वपूर्ण योगदान दिन सफल रहेको आयोजकले बातए ।

यस कार्यक्रममा कार्यक्रममा नेपाली गीत, सङ्गीत, नृत्य, कला, साहित्य, चित्रकलालगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्नेछन् । यसको अलावा बालबालिकाका अभिभावक र युवाहरूलाई पनि नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने खालका विभिन्न प्रस्तुति देखाउनसक्ने व्यवस्था मिलाईएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका खानाहरू, नेपाली खेलहरू, नेपाली घरहरू, थारु संस्कृति झल्काउने घर, मादल, डोको, डालो, ढिकी, जाँतो, नेवारी परिकार, खस, गुरुङ, मगर समुदायको मौलिकता झल्काउने स्टलहरू, लाखेनाच, कुमारीनाच, पञ्चेबाजालगातयतका नेपाली मौलिकता र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै कला, साहित्य पनि कार्यक्रममा प्रमुख आकर्षण रहनेछन् ।

प्रतिभा नक्षत्रमा बाल तथा युवागरी दुई छुट्टाछुट्टै समूहमा प्रतिष्पर्धा हुनेछ । बाल नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः चार सय, तीन सय र दुई सय पाउण्ड राशिको पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी युथ नक्षत्रतर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः छ सय पाउण्ड, पाँच सय पाउण्ड र चार सय पाउण्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ उक्त पत्रकार सम्मेलनमा संस्थाका संरक्षक मनिष कुमार श्रेष्ठ, कार्यबाहक अध्यक्ष विजया दाहाल कार्यक्रमका सम्योजक कुमार श्रेष्ठ, सल्लाकार टेक बहादुर थापा, संस्थाका उपाध्यक्ष सन्तोष कार्की लगाएतको उपस्थिती रहेको थियो |

Related Articles

Back to top button