युके विशेष

खोटाङमा स्वास्थ्य शिविरको लागि युकेमा उठ्यो करिब १३ लाख

गत १३ जनवरी २०२४ का दिन खोटाङमा निशुल्क स्वास्थ्य शिविर संचालनको निमित्त युकेमा करिब साढे १३ लाख भन्दा बढि रकम एक कार्यक्रम मार्फत संकलन भएको छ ।

युकेमा स्थापना भई संचालनमा रहेको खोटाङ सेवा समाजले गरेको एक च्यारिटी साँस्कृतिक कार्यक्रममा सहभागीहरुले स्वेच्छाले सो रकम प्रदान गरेका हुन । युकेको आसफोर्ड टाउनमा आयोजित च्यारिटी साँस्कृतिक कार्यक्रममा युकेमै रहने करिब एक दर्जन खोटाङे कलाकार र अन्य जिल्लाका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सहभागी बनेका सबैलाई समाजका अध्यक्ष डा. प्रमोद कोयूले खदा ओढाएर स्वागत सम्मान गरेका थिए । कार्यक्रमलाई महासचिव राजेन्द्र राई र सचिव रोजिना राई लगायतले संचालन गरेका थिए ।

समाजको स्थापना सन् २००७ मा भएको हो भने यस अगावै पनि यस समाजले खोटाङलाई एम्बुलेन्सहरु हस्तान्तर गरिसकेको छ ।

– दिल पालुंवा

Related Articles

Leave a Reply

Back to top button