रश्मोर बरो काउनसिलको मेयरमा पिटर जेम्स क्यालम र जीब बेलबासे उप मेयरमा नियुक्त

लण्डन। मे महिनाको २६ तारिख २०२६ मंगलबार रश्मोर बरो काउनसिल फार्नबरोमा २०२६/२०२७ को लागि मेयर पिटर जेम्स क्यालम र जीब बेलबासे उप मेयरमा नियुक्त भएका छन्।
बरो अफ रश्मोरको बार्षिक बैठकको कार्यक्रमको एजेन्डा अनुसार नव नियुक्त मेयरलाई निवर्तमान मेयर क्यालम स्टेवार्टले पहिलो चरणमा प्रस्ताब
साथै स्वागत अनि बधाई दिएका छन्। सबैभन्दा पहिले निबर्तमान मेयर क्यालम स्टवार्टले, नयाँ मेयरलाई हार्दिक बधाई दिदै यहाँसम्मको यात्रामा तपाईंको समर्पण र नेतृत्व प्रशंसनीय भएकोमा खुशी ब्यक्त गरेका छन् साथै, पिटरको बारेमा रहेको कथा र अनुभवले रश्मोरमा हामीलाई प्रेरणा दिने विश्वास दिलाएका छन्।
दोस्रो चरणमा मेयरको अधिकारिक पोशाक साटासाट पश्चात नव नियुक्त मेयर द्वारा बाहिरिएकाहरुलाई धन्यबाद अनि उपहार प्रदान गरेका छन्।
नयाँ मेयरको नियुक्ति संगै पिटर क्यालमले विगतका कार्यहरूको समीक्षा, र आगामी योजनाहरूबारे छलफल कार्य योजना पुरा गर्न तत्पर रहेको बताएका छन्।
पिटरले समुदायको विकास, सेवा, र सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्न आवश्यक भएकोमा आफुले सबै काम गर्नेमा प्रतिबद्दता जाहेर गरेका छन् साथै आफ्नो कार्यलाई नयाँ दिशा दिने अपेक्षा गरेका छन्।
सबैको उत्साहजनक उपस्थितिले खुसी बनाएको भन्दै विशेष गरी मधुमेह (डायबिटिज) सम्बन्धी सचेतना, चरणबद्ध विकास योजना र धर्मशाला तथा हेरचाह गृहको व्यवस्थापन आदिको विषयहरूमा अझ गहिरो ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
भोटिङ सदस्य काउन्सिलर मारा म्याकुनुरा ले नवनिर्वाचित तथा बाहिरिने नेतृत्वप्रति धन्यवाद व्यक्त गर्दै मेयरको प्रस्तावमा कन्जरभेटिभ पार्टीको काउन्सिलरले जिब बेलबासेलाई उपमेयरमा समर्थन जनाउदै बेलबासेको कार्यबिधि र योगदानको बारेमा कुरा राखेकोमा सबैबाट समर्थन भएको थियो।
काउन्सिलर धन सार्कीले जिब बेल्बासेको बारेमा काम प्रति बफादारी, मेहनती मिलनसार ब्यक्ति पुर्व काउन्सिलर पनि रहेको र स्थानिय समुदायसंग सहकार्य गर्दै नेपाली समुदायमा बिभिन्न छेत्रमा योगदान पुराउदै आएको भनि आफ्नो मन्तब्य राखेका थिए।
नेपाली समुदायबाट काउन्सिलर उत्तर गुरुङ, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पुर्व अध्यक्ष राम चन्द्र गुरुङ र वहांको धर्म पत्नी, महा सचिव सुनिल राना र मिडिया सह सचिव गोमा राना, अमिता बेलबासे, एमपायर हल ब्यबसायी पुरन गिरी, मिया डंगोल लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
नव नियुक्त उप मेयर बेलबासेले आफुलाई विस्वास गरि यो पद दिएकोमा निरन्तर काम गर्ने प्रतिबद्दता जनाउंदै समर्थनका लागि पनि आफु र परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।





