युके विशेष

पत्रकार महासंघ युकेको अधिवेशन सम्पन्नः विमला सेन अध्यक्ष निर्वाचित

केन्ट,
गत १४ जुलाई २०२४ का दिन नेपाल पत्रकार महासंघ युके शाखाको अध्यक्षमा श्रीमति विमला सेने निर्वाचित भएकी छन ।

महासंघको छैठौ अधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदानमा नवनिर्वाचित सेनेले २३ भोट प्राप्त गरि निर्वाचित भएकी हुन । अर्का दुई अध्यक्षका उम्मेदवार श्याम लुईटेल र दिनेस परिवारले सून्य मत प्राप्त गरेका छन् । सम्पूर्ण प्रकृया पुरयाएर अध्यक्षको उम्मेदवारी शुल्क १५० पाउण्ड स्टर्लिङ दाखिला गरि उम्मेदवार बनेका दुबैले कार्यकाल बाँड्ने लगायतको बुंदामा सहमतिको निमित्त दबाब दिएका थिए । उम्मेदवारी फिर्ता गर्ने समयभित्र उम्मेदवारी फिर्ता नगरेको र चुनाउको दिन चाहि लुईटेल र परियारले अर्कै ठाँउमा भेला भई विरोध जनाएका छन ।

जम्मा ४० सदस्य रहेको शाखामा २३ जनाले प्रत्येक्ष उपस्थित भई मतदान गरे, यसपटक चिठ्ठी मार्फत मतदानको सुविधा थिएन । केही सदस्य देश (युके) बाहिर भएको र काम विशेषले उपस्थित हुन नसक्ने ७ जनाले भर्चुवल जुममा उपस्थित भई आफ्नो मन्तब्य सहित ऐक्यबद्धता जनाए । एकाध सदस्य तठस्त रहे भने लुईटेल, परियार र अन्य दुई सदस्य सहित ४ जनाले अधिवेशन तयारी समिति घोषणा गरेको भनी विरोध जनाएका छन ।

नव निर्वाचित अध्यक्ष सेने सन् १९९४ देखि बिएफबिएस गोर्खा रेडियो, बिबिसी ब्रोडकाष्ट, इटहरी सप्तकोशी एफएम, युटयुव गोर्खा च्यानल लगायतमा सक्रिय र सिनियर पत्रकार हुन, युकेको नेपाली समाजमा एक उत्कृष्ट कार्यक्रम सचालिका पनि हुन । उनीले समाजशास्त्रमा माष्टर्स गरेकी छिन । श्रीमान र एक छोरा सहित साउथ लण्डनमा रहन्छिन ।

ठूलो संख्यामा पत्रकार, अभिभावक, समाजका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थितीमा अधिवेशन सम्पन्न भयो । पूर्वअध्यक्ष नरेश खपाङ्गी, पूर्ण गुरुङ र विजय शुक्ला सदस्य रहेको निर्वाचन मण्डल रहेको थियो । अध्यक्ष बाहेकको सबै पदहरुमा निर्विरोध चयन भएका थिए ।

Related Articles

Back to top button