अन्तर्राष्ट्रियप्रवासयुके विशेष

स्याङ्जा समाज यूकेको तेस्रो कार्यसमितिको दोस्रो बैठक सम्पन्न

लण्डन।  स्याङ्जा समाज यूकेको तेस्रो कार्यसमितिको दोस्रो बैठक अल्डर्शट डिलाउन्ज रेष्टुरेन्टमा ट्रष्टी तथा सल्लाहकारहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम राखेर सम्पन्न गरेको छ।

अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा शनिबार २ मे २०२६ मा अल्डरसटस्थित डिलाउन्ज रेष्टुरेन्ट एण्ड बारमा बसेको बैठकले संरक्षकमा मेजर रि कुमार गुरुङलाई र प्रमुख सल्हाकारमा बिजय बहादुर गुरुङलाई बनाउने निर्णय गरेको छ । यस्तै विधानको व्यवस्था बमोजिम ५ जना ट्रस्टी मनोनीत गरेकोमा श्रीप्रसाद गुरुङ, क्या. डोल गुरुङ, नारायण गुरुङ, डा. बलराम ढकाल र होम राना रहेको महासचिव यमबहादुर गुरुङले जानकारी दिनुभयो ।

सल्लाहकारहरुमा भरत गुरुङ (पूर्वअध्यक्ष), गोपाल गुरुङ, खर्कबहादुर गुरुङ, नुर राना, राज बहादुर गुरङ, गीर गुरुङ, हरि गुरुङ, जगदीश गुरुङ, हेम थापा मगर, धनकाजी गुरुङ, क्या भीमबहादुर गुरुङ, मेघ बहादुर गुरुङ, चन्द्र गुरुङ, खुमा थापा, झ्यामबहादुर थापा, क्या भीमप्रसाद गुरुङ, एलबीजेड गुरुङ, घनबहादुर थापा, भीम गुरुङ, देउबहादुर गुरुङ लगायत यसैगरि अन्य ब्यक्तिहरु देउबहादुर गुरुङ, डा विशाल गुरुङ, नवीन गुरुङ, किरन गुरुङ, श्री गुरुङ, कृष्ण भण्डारी, इन्द्र गुरुङ, चिनबहादुर आले, राजकुमार आले, कृष गुरुङ, क्या रामकाजी गुरुङ, तुल आले, मिन गुरुङ, रामप्रसाद बगाले, विनोद गुरुङ, तिजु गुरुङ, मदन राना, भेगलाल गुरुङ, ह्यारी गुरुङ, नारन आले, तेज आले, शिव सापकोटा, दिलबहादुर गुरुङ, राम खान, दिलबहादुर गुरुङ, राजेन्द्र गुरुङ, थमन सिङ थापा, हुमकुमारी गुरुङ, सन्तोषी गुरुङ, सिर्जना गुरुङ, मनदेवी गुरुङ, कमला गुरुङ, सीमा गुरुङ, इन्द्र आले सल्लाहकारमा चयन हुनुभएको छ ।

त्यस्तै भूमाया थापा, कृष्ण गुरुङ, गंगा गुरुङ, गीता थापा, धनमाया गुरुङ, बेधी थापा, केभ गुरुङ, हेम थापा, लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आले, मेजर राजकुमार मल्ल, माया गुरुङ, लेफ्टिनेन्ट कर्णेल टोल काम्च मगर र सावित्री गुरुङलाई सल्लाहकारमा मनोनीत गरेको महासचिव यमबहादुर गुरुङले जानकारी दिदै धेरै भन्दा धेरै सल्हाकार भएमा कुनै पनि काम गर्दा बलियो सहयोग पुग्ने विस्वास पनि दिलाउनु भएको छ ।

यस्तै आगामी २० जुनमा समाजले आयोजना गर्ने वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ लाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लावासी तथा विभिन्न संघसंस्थालाई आग्रह गर्ने निर्णय पनि गरिएको छ । उक्त कार्यक्रमको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष भक्त दर्जी र उपाध्यक्ष भीम गुरुङलाई दिइएको छ । कार्यक्रम फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा हुनेछ ।

यूकेमा रहेका स्याङ्जा जिल्ला भित्रका १२ वटा संघ, संस्थाहरुलाई समेटेर एउटै छातामुनिबाट सामाजिक काममा लाग्ने हेतुले सबै जात, क्षेत्र र वर्गलाई समेटेर संरक्षक, सल्लाहकार र ट्रस्टी मनोनीत गरेको अध्यक्ष रुपा गुरुङले प्रस्ट पार्नुभएको छ ।

बैठकले समानुकूल हुने गरी आगामी वार्षिक साधारणसभाबाट विधान संशोधन गर्ने, सदस्यता विस्तार गर्ने, सामाजिक सञ्जाल भाइबर, फेसबुक, ह्वाट्सयाप लगायत संस्थाको आधिकारिक अकाउन्ट तथा ग्रुपलाई व्यवस्थित गर्ने निर्णय पनि गरेको छ।

बैठकको अवसरमा मनोनीत भएका संरक्षक, ट्रस्टी, वरिष्ठ सल्लाहकार, सल्लाहकारहरुलाई अध्यक्ष रुपा गुरुङले खादाले स्वागत गर्नुभयो । सोही क्रममा स्याङ्जा जिल्लाबाट सांगीतिक कार्यक्रमका लागि बेलायत आएकी गायिका सपना रोकालाई स्वागत, सम्मान गरिएको थियो ।

अन्त्यमा अध्यक्ष रुपा गुरुङले २० जुनको बार्षिक भेटघाटमा सबैजना उपस्थित भई बृहत सफल पारिदिनु हुन विनम्र अनुरोध गर्दै उपस्थित सबैलाई धन्यबाद दिनुभएको थियो।

Related Articles

Back to top button