मनोरञ्जन

कलाकार सानी मुना थापाको बिदाइ कार्यक्रम

गोमा राना,
लन्डन २३ जुन २०२४ आइतबारको सांझ गोर्खा भवन फार्न्बोरोमा नेपाल देखि आउनु भएकी सानी कलाकारको बिदाइ कार्यक्रम सम्पन्न भयो।

मगर संघ युके युनाइटेड हेम्पशेयर सर्ए बर्कशेयर (युएचएस्बी) शाखाले गत जनवरी महिना माघे सक्रान्तीको कार्यक्रममा कलाकार मुना थापालाइ निमन्त्रणा गरेको थियो। माघे सक्रान्ती लगायत अन्य विभिन्न कार्यक्रममा आफ्नो गायन तथा नृत्य प्रस्तुत गरेर आम नेपालीहरुको ढुकढुकीमा बस्न सफल बनेकी चर्चित कलाकार ६ महिनाको अवधि पश्चात् केही दिनमै स्वदेश नेपाल फर्किदै छिन् ।

शाखाका अध्यक्ष रिशिराम रानाको अध्यक्षतामा भएको कार्यक्रम शाखाको उपाध्यक्ष बिर बलालले आफ्नो भनाइ राख्दै कलाकार थापालाइ ल्याउने दिन देखि अहिले सम्मको कुरा अत्यन्त भावुक हुँदै राखेका थिए भने उपस्थित सबैलाई स्वागत गर्दै मन्तव्य राखेका थिए।

सचिब गणेश बुढाथोकीले सन्चालन गरेको कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई आ आफ्नो भनाइ राख्ने अवसर दिएका थिए। सस्थापक अध्यक्ष सुनिल रानाले कलाकार थापाको कलाको अत्यन्तै प्रसंशा गर्दै उदाउंदै गरेका र नेपाली गीत सङ्गीतको माया न्याय गर्ने प्रतिभाशाली कलाकारलाई बेलायत ल्याउन सफल अध्यक्ष एवं कार्य समितिलाई धन्यवाद दिएका थिए भने पुर्ब अध्यक्ष ताम ढेंगा, महिला समितिका सल्लाहकार नरमती पुन, सल्लाहकार छविमाया पुन, गोमा रानाले शाखाले गरेको सर्हानिय कामको प्रसंशा गर्दै भविस्यमा पनि यस्तै कलाकारहरुको अपेक्षा राख्दै आ-आफ्नो सकारात्मक धारणा प्रस्तुत गरेका थिए।

मुना थापालाइ यत्तिका महिना सम्म कुनै कुराको कमी महसुस नगराइ आफ्नै छोरी सरह अविभावको भुमिका निभाउने जगमाया सुनुवारलाइ शाखाको निवर्तमान अध्यक्ष श्रीमती हेमा राना र वर्तमान महिला समिति का अध्यक्ष धना रोकाले दोसल्ला ओढाइ र शाखा बाट अध्यक्ष रानाले फुलको गुच्छा र उपहार सहित धन्यवाद दिएका थिए ।

कलाकार थापाले बेलायतमा रहनुहुने नेपालीहरु अत्यन्तै ब्यस्त समयको बावजुदमा पनि कलाकारहरुलाइ दिने माया सम्मान र आदर ब्यबहारले उर्जा हौसला मिलेको खुशी ब्यक्त गरिन। कलाकारले पनि आफुले पाएको इज्जतलाई सम्मान गर्नु पर्छ राम्रो छवि छोडेर जानू पर्छ भनि राम्रो संदेश दिएकी छिन् ।

अन्त्यमा अध्यक्ष रानाले उपस्थित सबै, खानाको बन्दोबस्त गर्नु हुने सबैलाई धन्यवाद दिदै मुना थापाको गीत सङ्गीतको यात्रामा उतरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनहरुमा पनि शाखाले यस्तै कलाकारहरु ल्याउन सफल होस भनि आफ्नो भनाइ रखेका थिए।

Related Articles

Back to top button