युके विशेष

मङ्गोलियन हार्टका गायक राजु लामालाई मगर भवनमा स्वागत

लन्डन । बेलायतवासी नेपाली समुदायमा अत्यन्तै  लोकप्रिय ‘नेपाली ओपन कन्सर्ट’मा प्रस्तुति दिन मंगोलियन हार्टका  चर्चित गायक राजु लामा लन्डन आइपुगेका छन । आजै उनलाई मगर भवनमा भव्य स्वागत गरिएको थियो।

मगर संघ युकेले हरेक वर्ष  म्युजिक फर युनिटी नाराका साथ धुमधामले सबै नेपालीहरुको साथ मनाउने,नेपाली गीत सङ्गीतको  प्रबर्दन गीत सङ्गीतलाइ अनन्त सम्म बचाउन र  नयाँ पुस्तालाइ हस्तान्तरण गर्न यो सोर्हौ नेपाली ओपन कन्सर्ट  यही जुन १५ तारिख शनिबार मेडस्टोनस्थित केन्ट इभेन्ट सेन्टरमा हुने भएको छ । यहि नेपाली ओपन कन्सर्टका लागि गायक लामा आज मंगलबार लन्डन  आइपुगेका हुन् ।

मगर संघ यूकेले सबै जातजाती, भाषाभाषीको गीत सङ्गीतलाइ उत्तिकै मान सम्मान दिदै  १०० भन्दा धेरै कलाकारलाई  प्लेट फर्म दिइ सकेकोछ।
  मगर संघ युकेका अध्यक्ष सीता पुन मगरले गायक लामा र सिक्का ब्यान्डका देव गुरुङलाई खादाले मगर भवनमा स्वागत गरेकी थिइन।  मिडिया सेक्रेटरी किशोर रानाले  मिडियाकर्मी उपस्थित सबैलाई धन्यवाद र १५ तारिख उपस्थितिको लागि सन्चारकर्मी सबैलाई निमन्त्रणा दिएका थिए भने कार्यक्रम महासचिव गुमानसिं थापाले सन्चालन गरेका थिए।

कार्यक्रमको लागि सुरक्षा लगायत सबै ब्यबस्थापन भैसकेको कुरा राख्दै
एकदिन भए पनि गीत सङ्गीत मार्फत सबैलाई भेट्न्  मङ्गोलियन हार्टका चर्चित दिग्गज गायक राजु लामा सिक्का ब्यान्डको साथ र अन्य चर्चित कलाकार नेशन पुन, मुना थापा मगर,ललीता पुन मगर, यज्ञ बिक प्रेम बिबश घर्ती लगायतका कलाकातको प्रस्तुती हुने भएकोले  रमाइलो गर्न सबैलाई आइदिनु हुन  अध्यक्ष पुन मगरले अनुरोध गरेकी छिन् ।

लामाले नेपाली ओपन कन्सर्ट  मगरको मात्र नभै सबैको लागि एकताको सन्देश  दिने माध्यम भएकोले यस्तो कार्यक्रममा बेलायत आउन पाउदाको खुशी ब्यक्त गर्दै धन्यवाद र आभार प्रकट गरेका थिए । १५ जुनमा कन्सर्टमा भेट्न् सबैलाई आइदिनुहुन अनुरोध गरेका छन् ।

कार्यक्रम सम्योजक होम रोका मगर, सास्कृतिक सचिव सरु राना गुरुङ कार्यसमिति,युवा टिम, ट्रष्टीहरु, सन्चारकर्मी, युएचएस्बी शाखाका सद्स्यहरुको उपस्थिति रहेको थियो।

Related Articles

Back to top button