यायोक्खा बेलायतद्धारा सगरमाथा आरोही राईलाई धन्यवाद तथा बधाई ज्ञापन
लण्डन,
सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मेका आरोही अबिरल राईले गत २२ मे २०२४ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
किरात राई यायोक्खा बेलायतले आरोही राईलाई विशेष धन्यबाद प्रदान गरेको छ । आफ्नो जीवनको बाजी थापेर, आरोही राईले गर्नु भएको साहसिक कार्य अनि सफल आरोहणले समग्र किरात राई जातिको शिर उच्च पारेको धन्यबाद पत्रमा उन्लेख गरेका छन ।
बहुभाषिक र बहुथरी समुदाय बोधक संज्ञा भएको, किरात राई एक जाति तर बहुभाषि, बहुथरी हुनु किरात राई जातिको विशिष्टता हो । यसै विशिष्टतालाई प्रतिविम्बित गर्न किराया बेलायतले परिकल्पना गरेको किराया बेलायतको लोगो अंकित झण्डा आरोही राईले विश्वको शिर सगरमाथाको चुचुरोमा फहराएका थिए ।
पेशाले पर्वतीय पथपर्दशक राईको सगरमाथा आरोहण यो दोश्रो पटक हो । यस अघि सन २०२२ मा सगरमाथाको पहिलो पटक आरोहण गरेका थिए । आरोही राईले नेपाल लगायत विश्वका अन्य थुप्रै चुचुराहरुको सफल आरोहण गरिसकेका छन ।