प्रवासयुके विशेष

विनेसाम पश्चिम शाखाबाट ११६औं देवकोटा जयन्ती भब्य रुपमा सम्पन्न

नोभेम्बर महिना  २३तारिख २०२४  शनिबारको दिन विश्व नेपाली साहित्य महासंघ,  बेलायत शाखाले ११६औं देवकोटा जयन्ती जुम मार्फत भव्य रुपले मनाएको छ।

लक्ष्मी प्रसाद देवकोटा एक कुशल कवि, नाटककार,बिद्द्वान साहित्यकार हुन् । देवकोटा पन्डित तीलमाधव र अमर राज्य लक्ष्मीका तेस्रो छोरा थिए । उनको  लक्ष्मी पुजाको दिन  डिल्ली बजार काठमाडौंमा १९६६ साल कार्तिक २७ गते  जन्म भएको थियो । देवकोटा बहुमुखी प्रतिभाका धनी एवं असाधारण लेखक थिए। सानै उमेर देखि कविता लेख्न सुरुवात गरेका छोटो जीवनमा साहित्यको हरेक बिधामा निपुर्ण थिए।

उनले महाकाव्य, खण्डकाव्य, लामा वर्णनात्मक कविता,निबन्ध, कथा,नाटक गीत र समालोचक लेखेका छन्।उनको पहलमा नेपालको पाठ्यक्रममा सस्कृत भाषाबाट नेपाली भाषा अनिवार्य गरेका थिए। देवकोटाका केही प्रसिद्ध कृतिहरुमा मुना मदन, सुलोचना, कुञ्जिनी र शकुन्तला हुन् । देवकोटाले नेपालीलाई साहित्य  मार्फत श्रम पेसा, समाज, राजनीति, प्रेमका  सकारात्मक अर्थहरु लगाएका छन् ।नेपाली ग्रामीण, दिनहीन कम्जोर जनताको भाषालाई उच्च स्थान दिन प्रतिकारात्मक रुपमा सकारात्मक र उच्च योगदान दिएका छन् ।

कार्यक्रममा  प्रमुख अतिथि प्राध्यापक डा. गोबिन्दराज भट्टराई , विशेष अतिथिमा गजलकार डा. घनश्याम परिश्रमी, उपन्यासकार किरण आचार्य, विनेसाम केन्द्रका उपाध्यक्ष डेन्जोम साम्पाङ, महा सचिब सुनिता राई,  अतिथि हरुमा देविका मग्रान्ती राई , दुष्यन्त भट्टराई, शशी थापा सुब्बा, शाखाका सदस्यहरु लगायत विभिन्न  साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

रोजी राई ,  सुनिता राइ,  गोमा राना, जित बुढाथोकी, शशी थापा सुब्बा (गीत),दुष्यन्त भट्टराई ( अनुष्टुप छन्दमा ), डेन्जोम साम्पाङ, लाल सुन्दर राईले कविता वाचन गरेका थिए भने प्रतिमा केसीले मुक्तक गंगा भन्डारीले मालिनी छन्दमा कविता वाचन गरेका थिए। किरण आचार्य, डा.घनश्याम परिश्रमी डा. गोबिन्दराज भट्टराईले देवकोटाको बारेमा आ- आफ्नो  अभिव्यक्ति प्रस्तुत गरि विभिन्न जानकारी दिएका थिए। डा. भट्टराईले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन र  बिस्तार गर्न अङ्ग्रेजी भाषामा जेम्स अफ द देवकोटा लगायत अन्य पुस्तक प्रकाशन गरेर बिश्व साहित्यमा स्थान दिन लागि परेको जानकारी समेत गरेका थिए।

कार्यक्रम संचालन सचिब जीत बुढाथोकीले गरेका थिए।स्वागत मन्तव्य शाखाकी उपाध्यक्षले गरेकी थिइन् भने देवकोटाको जीवनी र योगदानको बारेमा बरिस्ठ उपाध्यक्ष गोमा रानाले प्रस्तुत गरेकी थिईन्।

अन्त्यमा अध्यक्ष लाल सुन्दर राइले सबै अामन्त्रित अतिथि  लगायत सम्पुर्ण उपस्थित अतिथिहरु कार्यक्रमको शोभा बढाई सफल पारिदिनु भएकोमा  हार्दिक धन्यवाद दिदै विनेसाम पश्चिम शाखाको सदस्यहरु  बिभिन्न क्षत्रबाट सम्मानित श्री गोमा राना रशमूर बरो काउन्सिल भोलेन्टियर रिकग्निशन अवार्ड २०२४ को अवसरमा,नेपाली कक्षा सन्चालन गरि सेवा पुर्याएकोमा  रश्मोर बरो काउन्सिल मेयर मारा माकुनुराबाट  सम्मानित, लिला सेलिङ् माबोज्यूलाई मानवाधिकार तथा शान्तीसमाजद्वारा स्रष्टा सम्मान २०८१ बाट सम्मानित, शान्ती लिम्बुज्यू थेम्स नदीको किनारै किनार कविताबाट राष्ट्रीय कविता महोत्सवमा दोस्रो स्थान हासिल गरि पुरस्कृत हुनुभएको साथै केन्द्रीय महासचिव सुनिता राई पनि  प्रवासमा रहेर नेपाली भाषा तथा साहित्यमा सेवा गरेकोमा विनेसामबाट सम्मानित हुनुभएक‍‍ोमा पश्चिम्  शाखाबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

Related Articles

Back to top button