आदिवासी

१ जुन २०२४ दिन महान पर्व साकेला उभौली भव्य मनाईदै

ज्ञानु फूरुम्बो,
आफ्ना भाषा, लिपि, संस्कार सास्कृतिक बाचेमा आफू बाचिन्छ भाषा, लिपि, धर्म, संस्कार सास्कृतिक मरे हराए जाती आफै लाेपभएर हराएर जान्छ भने झै । आफ्ना माैलिक परम्परालाई जिउदाे राख्न र आउदाे पिढीलाई आफ्ना प्राचीन माैलिक सस्कृतिकलाई चिनाउन परिचय दिलाउनका लागि किरात राई समुदायहरुले परम्परा देखि माैलिक सास्कृतिककाे रुपमा मान्दै आएकाे उभाैलि साकेला (साक्खेवा) सेवा विभिन्न कार्यक्रम सहित आगामी १ जुन २०२४ गतेका दिन किरात राई यायोक्खा बेलायतकाे किरात राई हाउस ग्याम्बलस लेन्ड वकिङमा आयाेजना हुन गईरहेकाे यायोक्खा बेलायतका अध्यक्ष याेगेश राईले बताउनु भएकाे हाे ।

आगामि हुन गईरहेकाे उभाैलि साकेला सेवा पर्वमा बेलायतका महामाहिमकाे प्रमुख आतिथ्यमा तथा विभिन्न सामाजिक संघ, सस्थाका प्रतिनिधीहरुकाे उपस्तिथिमा कार्यक्रम संचालन हुने बताईएको छ ।

कार्यक्रमलाई सभ्य भब्य बनाउन राईहरुकाे माैलिक सास्कृतिक, पहिचानसंग जाेडिएकाे चान सिलीलाई क्षेत्रीय र प्रारम्भिक संगठहरुबाट प्रदर्शन गरिने छ भने मनाेरञ्जका लागि भाग्य चिठा खेल पनि संचानलन गरिने बताईएको छ ।

किरात राई यायोक्खा बेलायतकाे २००४ सालमा स्थापना भएदेखि प्रत्येक बर्ष युके भरि बसाेबास गर्ने राई समुदायहरुकाे बाक्लाे उपस्थितिमा उभाैलि साकेला, माैलिक सेवा पुजा सहित किरात राई हाउस ग्याम्बलस लेन्ड वकिङमा भब्य रुपमा कार्यक्रमहरु संचालन हुदै आएको छ ।

किरात समुदाय प्रकृतिक पुजक भएकाे कारणले आफ्नाै मुन्धुम अनुसार परम्पराकाल देखि पुग्दै मान्दै आएकाे घरभित्र तीन चुलाकाे सेवा गरिन्छ त्यस पछि पितृ पुजा सेवा गरि सके पछि बाहिरी साखेवा भुमि भुमे पञ्चप्रकृति आकाश, धर्ति, जल, बाय, अग्नि लगायत देवी देवताहरुकाे बिज्ञ पुजारी नक्साे नागिरेबाट सेवा हुने गर्दछ । प्रकृतिक प्रकोप, दैवी प्रकोप नलागोस देव दाेस राज राज दाेस नलागाेस दुख, पीडा भाेक्मरी, असान्ति नहाेस सबैको कल्याण होस भनी सेवा प्रार्थना गर्दै मुल मातृ पितृदेव सुम्निहाङ पारुहाङसंग आशिर्वाद लिदै ढाेलबाजा सहित थानमा बिधिवत मौलिक परम्परा पुजा हुने गर्दछ ।

– तस्वीर अघिल्लो बर्षको फाइल फोटो

Related Articles

Leave a Reply

Back to top button