आदिवासी

युकेका लिम्बु युवाहरुद्धारा केलाङ येन डे (च्याब्रुङ नृत्य) दिवस सम्पन्न

टेक माबोहाङ्,
युके, ५ अप्रिल २०२५ का दिन याक्थुङ वेन्सा चुम्भो युकेको आयोजनामा बेलायतको चुम्लुङदेन याल्डिङमा केलाङ येन अर्थात केलाङ डे सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय उपाध्यक्ष राजेन लाबुङ प्रमुख आतिथी रहेको उक्त कार्यक्रममा विशेष अथितिहरुमा किरात याक्थुङ् चुम्लुङ् युकेका महासचिव विश्वासदिप तिगेला, सहसचिब सकुन्तला नेम्बाङ् , काप्पोबा केलाङ् समुह प्रमुख कमल अन्छङ्बो, सल्लाहकार लाहाङ चेम्जोङ, ताप्लेजुङ् केलाङ् नाच सहज कर्ता दिलेन्द्र लाबुङ्, चौबिसे केलाङ् सहजकर्ता गोकुल लिबाङ्, छथरे नाच सहजकर्ता बिरन लिम्बु, चुम्लुङ बेजिङ्स्टक शाखा अध्यक्ष शान्तिमाया लिम्बु, वेस्ट केन्ट शाखा अध्यक्ष मेनुका अन्छङ्बो, साहित्यकार दिपा राई र आर्ट एन्ड कल्चर डाइरेक्टर प्रिति पेन्टरहरुको उपस्थिति रहेको थियो ।

युकेमा रहेका याक्थुङ् लिम्बुहरूको बाक्लो उपस्थितिमा संचालन भएको उक्त केलाङ् येन डे वेन्साका अध्यक्ष हाङ्मा लावतीको अध्यक्षतामा सम्पन्न भएको हो भने उपाध्यक्ष सन्देश नेम्बाङ्ले हेल्थ एन्ड सेफ्टि ब्रिफ दिदै सुरु भएको कार्यक्रममा वेन्साकै उपाध्यक्ष दिपा योङयाले स्वागत मन्तब्य गरेका थिए । केलाङ् याक्थुङ लिम्बुहरुको मौलिक सांस्कृतिक नाच कसरी सुरुवात भयो र यसको महत्व के रहेको छ भन्ने मुन्धुमिक मिथकको बारेमा कमल अन्छङ्बोले प्रकाश पारेका थिए ।

केलाङ येन डे (च्याब्रुङ नृत्य) दिवस बार्षिक रुपमा मनाउदा भावी पुस्तामा यस नाचलाई पुस्तानान्तरण गर्दै लैजान सकिने स्टुडेन्ट एन्ड युथ लेइजन हेड शीखर सम्बाहाङ्फेले बताए ।

कार्यक्रम संचालन सचिव सुरेन्द्र थेबे र सह संचालिका शुभ नेम्बाङ्ले गरेका थिए ।


Related Articles

Back to top button

This will close in 0 seconds