युके विशेष

बेलायतमा बुद्धजयन्तीको करिब आधा दर्जन कार्यक्रम हुदै

– टेक बहादुर थापा “राजेश”

लन्डन | बेलायतमा बसोबास गर्दै आएका बौद्ध धर्मलम्बिहरु तथा बौद्ध संघ, संस्थाहरुले यस बर्ष पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरी बुद्धजयन्ती मनाउने भएकाछन |

बैशाख पुर्णिमा तथा बुद्ध भगवानको जन्म, बुद्धत्वज्ञान प्राप्ति र महापरिनिर्वाण तृसंयोग दिन परेको तिथिलाई बैशाख दिवसको रुपमा पनि बनाउने गरिन्छ, प्राप्त जानकारी अनुसार २६४८ औं बुद्ध जन्म जयन्ति यही मे २५ मा मंगल बुद्ध बिहार बेलायतको आयोजनामा ह्यारो फुडबल क्लब, लन्डनमा एक कार्यक्रमको आयोजना गरी हुने भएकोछ |

लन्डन माइन्डफुल्नेस सेन्टरका प्रमुख सुमना भन्ते, मंगल बुद्ध बिहारका अधिपती ईन्द्रसक भन्ते तथा नेपाली राजदुतावासका प्रतिनिधिको आथित्यतामा उक्त जयन्ती सम्पन्न हुने जानकारी बिहारका सचिब जगत आलेले बताएकाछन | बिहान १० बजेबाट शुरु भएर बेलुका ५ बजे कार्यक्रम सम्पन्न हुने छ, कार्यक्रममा धर्म देशना तथा ध्यान अभ्यास पनि गराउने कार्यक्रम रहेकोछ |

त्यसैगरि मे २३ तारिख बिहीवार डायमण्ड बुद्धिष्ट सेन्टर, युके वुल्विचको आयोजनामा बुद्धजयन्ती कार्यक्रम हुनेभएको छ,उक्त अबसरमा बिभिन्न संघ, सस्थाहरुको सहभागितामा बौद्ध झ्ण्डा, बुद्धमुर्ती तथा ब्यानर सहितको झाकी प्रदर्शन हुने जानकारी सेन्टरका संरक्षक सुमल कुमार गुरुङले बताउनु भएकोछ, बिहानको ११ बजे वूल्विचमा रहेको डायमण्ड बुद्धिष्ट सेन्टरको गुम्बाबाट झाकी शुरुभएर वुल्विच नगर परिक्रमा पश्चात गुम्बामा पुगेर बुद्धजयन्ती मनाउने कार्यक्रम रहेकोछ |

आयोजकका अनुसार बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य उक्त कार्यक्रमका प्रमुख अतिथी रहने भएकाछन भने रोयल ग्रीन्विच बरोका मेयर डा. डोमिनिक म्बाङ बिशेष अतिथी रहने भएकाछन |

बुद्ध जयन्ती मनाउने कार्यक्रम मे २६ तारिख आईतवार पनि रहेकोछ, लुम्बिनी नेपाली बुद्धधर्म सोसाइटीले लम्टन स्कुल हान्स्लो लन्डनमा एक कार्यक्रमको आयोजना गरी बुद्धजयन्ती मनाउने भएकोछ, उक्त सोसाइटिका पूर्व अध्यक्ष धर्म शाक्यका अनुसार बुद्ध जयन्ती कार्यक्रम ११:३० बाट शुरु भएर २:३० बजे सम्पन्न हुनेछ |सो अबसरमा सस्थाका अध्यक्ष सुमना भन्तेद्वारा ध्यान अभ्यास गराउने कार्यक्रम पनि रहेको जनाइेएकोछ |

बुद्ध फाउण्डेशन युकेले ट्राफलगर स्क्यारमा मनाउदै आएको बुद्धजयन्ती यो बर्ष साउथइष्ट लन्डनको वूल्वीचमा आगामी जुन २ तारिख आईतवार मनाउने भएकोछ |बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठका अनुसार बुद्धजयन्ती कार्यक्रममा विगतमा जस्तै दूतावास र नेपाल पर्यटन् बोर्डसँग सहकार्य गरिने भएकोछ भने बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, डायमण्ड बुद्धिष्ट सेन्टर र बुद्धिष्ट गुम्बा रेडिङ सहयोगी संस्थाका रुपमा रहने भएकाछन ।

बुद्धको जन्मस्थलका रुपमा लुम्बिनीलाई चिनाउँदै बुद्धको सन्देश संसारभर फैलाउनुका साथै नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने कार्यक्रमको लक्ष्य रहेको आयोजकले जनाएकोछ |कार्यक्रम २ बजेबाट शुरु भएर ७ बजे बेलुका सम्पन्न हुने जानकारी कार्यक्रम संयोजक प्रसुना कंडेलले बताएकिछन |

Related Articles

Leave a Reply

Back to top button