युके विशेष

विनेसाम त्रैमासिक साहित्यक कार्यक्रम सम्पन्न

गोमा राना,
विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा बेलायतले त्रैमासिक गोष्ठी गत २ डिसेम्बर का दिन सम्पन्न गरेको छ ।

मध्यान्ह १२ बजे शुरु भएको सो साहित्यिक कार्यक्रम विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय महासंघको जुमबाट भएको हो ।

शाखाका अध्यक्ष लाल सुन्दर राइको अध्यक्षता रहेको कार्यक्रमलाई स्वागत मन्तव्य गोमा रानाले गर्नु भएको थियो भने कार्यक्रम सचिब शान्ति लिम्बुले संचालन गर्नुको साथै शृंजना वाचन सह सचिव जित छन्त्यालले सन्चालन गरेका थिए ।

शाखाको बिशिस्ट सल्लाहकार डा. सुमाया राईले नेपाली साहित्य बेलायत र त्रैमासिक गोष्ठीको बारेमा मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू, विशेष अतिथि विनेसाम महासचिव सुनिता कन्दङ्वा राई, अनेसासको उपाध्यक्ष माया गुरुङ, विनेसाम दक्षिणा शाखाका सल्लाहकार विश्वासदिप तिगेलाले शुभकामना मन्तव्य राखेका थिए ।

सिर्जना वाचनमा – माया गुरुङ, सुनिता राई कन्दङ्वा, जित छन्त्याल, नानू राना थापा, शान्ति लिम्बू, गोमा राना, देविआले, गङ्गा भन्डारी, जगना गुरुङ, सुरेन्द्र लिम्बू परदेशी, डा. सुमाया राई, लाल सुन्दर राई, शान्ति लिम्बु लगायतले गरेका थिए ।

Related Articles

Leave a Reply

Back to top button