मनोरञ्जनयुके विशेष

माण्टर राष्ट्र राईको शोकसभा साँझ सम्पन्न (भिडियो सहित)

गत २४ सेप्टेम्बर २०२३ का दिन युकेको मेडस्टोनमा एक शोक सभा साँझ सम्पन्न भएको छ ।

भर्खरै मात्र निधन हुनुभएका माष्टर राष्ट्र राईको शोकसभा गरिएको हो । स्व. राईको तस्वीरमा गैर आवासिय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाह मगरले माल्यार्पण गर्दै युकेवासी नेपालीले आफ्नो अभिभावक गुमाएको बताए । शोक मन्तन्य धिरज राई, रिटायर्ड क्याप्टेन तथा कलाकार पूर्ण लिम्बु, विश्वास दीप तिगेलाले राखेका थिए ।

सेवा सेवारो साँगीतिक साँझको निमित्त स्व. राईले आफू जसरी पनि उपस्थित हुने बचन दिएको तर केही दिन अघि मात्र हिर्दयघातको कारण निधन भएकोले साँगेतिक साँझमा शोकसभा कार्यक्रम पनि थपिएको थियो । स्व. राईको उपस्थिती सम्झेर उनको निमित्त छुट्टै कुर्सि छुटाईएको थियो र सो कुर्सिमा स्व. राईको फोटो राखिएको थियो । उनको फोटोमा पुष्पगुच्छा चढाउदै, दियो बत्ति बालेर एक मिनेट मौनधारण गरि सम्मान ब्यक्त गरिएको थियो । देशविदेशमा ख्याती प्राप्त माण्टर राष्ट्र राईको योगदानको बारेमा चर्चा गरिएको थियो ।

दोस्रो चरणमा नेपालकाट पाल्नुभएका हास्ँय कलाकार फूलन्देकी आमा (उमेश राई) को मुख्य आकार्षण रहेको थियो भने गायिका मेनुका राई, भिषण मुकारुङ, भ्याईस अफ नेपाल विजेता राम लिम्बु लगायत आधा दर्जन कलाकारहरुले सागेतिक कोसेली पस्केका थिए ।

कार्यक्रमलाई ईश्वर चाम्लिङ, किरण चाम्लिङ र सिर्जना निङलेकूले संचालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button