रोचेस्टर स्वीप्स फेस्टिवल युके २०२४ मा नेपाली समाज नृत्य र साकेला शिली सहित सहभागी हुने

रोचेस्टर स्वीप्स फेस्टिवल, आगामी शनिबार ४ मे देखि सोमबार ६ मे २०२४ सम्म बिहान १० बजे र ६ बजेको बीचमा हुनेछ।
३ दिनसम्म चल्ने लोक साँस्कृतिक महोत्सब, ऐतिहाँसिक रोचेस्टर शहरमा उत्कृष्ट लोक संगीतकारहरू र ब्यान्डहरूका साथ रङ्ग र ध्वनिको गुञ्जन संग सम्पन्न हुने छ ! यहाँ सहभागी हुने लोक साँस्कृतिक झाँकीहरु बिभिन्न जात र समुदायहरुको आफ्नो सँस्कार संस्कृति झल्काउने झाँकी नृत्य र सङ्गीत समाविष्ट हुनेछ !
प्रवेश नि:शुल्क रहने उक्त महोत्सबले हरेक बर्ष ६० हजार बढी दर्शकहरु रोचेस्टर शहरको आँगनमा रमाउने अवसर दिंदै आएको छ ! देशै भरि मात्र होइन अन्तराष्ट्रिय सहभागीहरुमा पनि उत्तिकै लोकप्रिय ऎतिहाँसिक महोत्सब रोचेस्टर स्विप्स फेस्टिभलले यो बर्ष ४२औं बर्ष पूरा गर्ने छ !
रोचेस्टर क्यासल र युकेकै दोश्रो पुरानो क्याथिड्रल कै सेरोफेरोमा
देशभरका सयौं मोरिस नर्तकनर्तकीहरूले शहरको सडकमा आफ्ना लाठीहरू माथि र तल ठोक्काउँदै बिभिन्न भेष भुषा र बाजागाजा अनि धुन सँगै गजबले प्रस्तुति प्रदर्शन गर्नेछन।
महोत्सवले अन्तर्राष्ट्रिय नृत्य र झाँकीहरु समेतलाई समेट्ने र सहभागिताको निमित्त प्रोत्साहन गर्दछ।
रोचेस्टर स्विप्स फेस्टिभल मेडवे काउन्सिलका मेयरले उदघाटन गरे पछि सबै कार्यक्रम र झाँकीहरुको प्रदर्शन शुरु हुनेछ !
संयोग बस यो पटक नेपाली मूलकी पहिलो महिला मेयर काउन्सिलर मेयर श्रीमती निना गुरुङ् हुनु भएकाले उहाँले कार्यक्रमको समुदघाटन गरे पछि शुरु हुनेछ !
यो बर्ष पहिलो पटक नेपालीहरुले पनि आफ्नो संस्कार झल्किने नृत्य र किरात राईहरुको साकेला शिलि ढोल झ्याम्टा, चौंरीको पुच्छर हल्लाउँदै प्रदर्शन गर्ने तयारि गरिरहेका छन् ! यो बर्ष पहिलो पटक स्विप्स फेस्टिभलमा गोर्खा नेपाली समाज मेडवे (Gurkha Nepalese Community Medway -GNCM) ले पनि समय र अवसर प्राप्त गरेकाले नेपाली गीतमा नृत्य, गोर्खालीहरुको बारेमा जानकारी, खुखुरी डान्स सहित किरात राईहरुको साकेला शिली प्रस्तुत गर्ने कार्यक्रम तय भएको जानकारी गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङ् राईले जानकारी दिनु भयो !
अहिले रोचेस्टर स्विप्स फेस्टिभलको प्रस्तुतिका निमित्त साकेला शिली, सँयोजक श्रीमती चन्द्रावती राईको नेतृत्वमा निबर्तमान अध्यक्ष तथा सल्लाहकार सुर्य राईको प्रशिक्षणमा तयारी भै रहेको र अन्य प्रत्स्तुतिहरु पनि तयारी भै रहेको गोर्खा नेपाली समाज मेडवेका महासचिब हरित पोख्रेलले जानकारी दिनु भयो !
किरात राई यायोख्खा युके प्रारम्भिक कार्यसमिति मेडवेका अध्यक्ष भिष्म राईले साकेलाको तयारीको निमित्त हल र सामाग्रीहरुको ब्यबस्थापन गर्नु भएको छ !
रोचेस्टर स्वीप्स फेस्टिभल, लोक संगीत र नृत्यको अन्तर्राष्ट्रिय महोत्सव हो, संसारमा यस प्रकारको सबैभन्दा ठूलो मे दिवस समारोहहरू मध्ये स्विप्स फेस्टिभल एक हो।
शनिबार ४ मेमा रोचेस्टर टाउनको सडकमा मोरिस नृत्य समूहहरूको सबैभन्दा ठूलो भेला हुने र झाँकीहरु प्रदर्शन हुनेछन । आइतवारको महोत्सबमा मोरिस र अन्तर्राष्ट्रिय लोक नृत्य र संगीत प्रदर्शन हुनेछ र सोहि दिन नेपालको तर्फबाट गोर्खा नेपाली समाज मेडवेले आफ्नो प्रस्तुतिहरु देखाउने छ र सोमबारको उत्सव ग्रीन परेडमा ज्याकसँग महान मे दिवस परम्पराहरू मनाउनेछ।
३ दिन सम्म चल्ने महोत्सबमा बिभिन्न किसिमका खानाका स्टल, व्यापारिक स्टल देखि पेय र केटाकेटीहरुका निमित्त बिभिन्न खालका खेलकुद र मनोरन्जनको व्यवस्था रहने छ भने रोचेस्टर क्यासलको आँगनमा चर्चित गायक गायिका र ब्याण्डहरुले निरन्तर आफ्नो प्रस्तुति दिनेछन !
स्वीप्स महोत्सवको इतिहास
भिक्टोरियन समयमा चिम्नी स्वीपमा वर्षमा एक दिन मात्रै बिदा हुन्थ्यो र त्यो मे १ मा थियो।
रोचेस्टरमा चिम्नी स्वीपहरूले सहरको सडकमा नाच्दै र गाउँदै परेड गर्थे।
त्यहीं चलनको निरन्तरता हो यो महोत्सब !
सबै उमेर समुहले मनोरन्जन गर्न सक्ने महोत्सब
जाने होइन त रोचेस्टर स्विप्स फेस्टिभल ?
– भूमिराज राई




