खेलकुद

१५ औ यलम्बरहाङ फुटबल कप क्यूजि सिग्नल्सले चुम्यो

लन्डन,
२० अप्रिल २०२४ का दिन १५ औं यलम्बरहाङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ युकेद्वारा प्रत्येक बर्ष खेलाउदै आएको १५औ यलम्बरहाङ कप क्यूजि सिग्नल्सले हात पारेको छ ।

१५ औ यलम्बरहाङ कप क्यूजि सिग्नल्सले टिडब्लु वरिएरलाई सून्यको बिरुद्ध १ गोल गरि बिजय हासिल गरेका थिए । मेन टिम समुहमा एफ सि तोङ्बा टीमबाट चेत गुरुङले अत्यधिक स्कोर गरे भने उता क्यूजि सिग्नल्सबाट मौसम राई उत्कृस्ट खेलाडी छानिए ।

बिजयी टिमलाई यलम्बरहाँङ कप, एक हजार पाउन्ड नगद र इन्डिभिजल ट्रफी प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा तिन समुहले खेलेका थिए । मेन टिम, भेटेरेन र सुपर भेटेरेन समुह । सुपर भेटेरेन समुहमा डिएफसि उप बिजेता भए भने इलाम एफ सि बिजय बने, टप स्कोरर लेख राई भए भने उत्कृस्ट खेलाडी लोक लिम्बु दुवै जना ईलाम एफ सिबाट बने । भेटेरेन समुहमा उप बिजेता इन्टेक ०४ भए भने क्यूजियस माष्टर्षले बिजय हासिल गरे ।

अत्यधिक गोल बिकास देवानले गरे भने उत्कृस्ट खेलाडी सोम थापा छानिए । तिन समुहमा बिभाजित फुटबल प्रतियोगितामा जम्मा २८ टिमले भाग लिएका थिए ।

प्रमुख अथिती चुम्लुङ युकेका सङ्स्थापक अध्यक्ष खड्गजङ आङ्बुहाङ र बिशेष अथिती एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरलाई लिम्बुहरुको साँस्कृतिक भ्याब्रुङ नृत्य सँगै स्वागत गरेका थिए ।

प्रतियोगितालाई सङ्स्थाका अध्यक्ष नरबिर आङ्बो प्रमुख अथिती आङ्बुहाङ र बिशेष अथिती गाहा मगरले सामुहिक रुपमा दिप प्रजलन गरि रिवन काट्दै उद्घाटन गरे लगतै नेपाल र बेलायतको राष्ट्रिय गाना बजाएर कार्यक्रमलाई औपचारिकरुपबाट शुरुवात गरेका थिए ।

अध्यक्ष नरबिर आङ्बोले अथिती उपस्थित सम्पुर्ण खेलाडी, दर्शक, प्रतियोगिता सन्चालनमा खटिनु भएका भोलेन्टियर्स कार्य समिति सबैलाई हार्दिक धन्यबात प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

नरबिर आङ्बोको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा अथितीहरु पाँचथर समाज सेवा युकेकी अध्यक्ष शान्ती लिम्बु, माङ्गेना चुम्लुङ युकेका सङ्स्थापक अध्यक्ष कमला लिम्बु सङ्घिय लोकतान्त्रीक समाजिक मन्च युकेकी अध्यक्ष सर्मिला याक्सोको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष यदुचन्द्र लावतिले सेफ्टी बिफ्रिङ गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष अमृता पालुङ्वाले राखेकी थिइन् । कार्यक्रमको संचालन महासचिव जुरेन्द्र खजुमले गरेका थिए भने प्रतियोगिता संचालन उपाध्यक्ष खगेन्द्र लावती र कोषाध्यक्ष दिपेन्द्र याक्सोले सन्चालन गरेका थिए ।

यो बर्ष लिम्बुहरुको संस्था चुम्लुङ आफैले केन्टको मेडस्टोन शहर नजिक याल्डिङ स्थित किनेको साढे १६ विघा जमिनमा ५ वटा फूटबल मैदान बनाई पहिलो पटक सो जग्गामा फूटबल खेलाएका थिए । सहभागी खेलाडीहरुले खेलमैदान अन्यत्र भन्दा राम्रो बनेको प्रतिक्रिया दिए भने अन्य संघसंस्थाहरुले पनि खेलमैदान बुक गरेर खेल खेल्न र खेलाउन सक्ने पनि अध्यक्ष आङ्बोले बताए ।

– नगेन्द्र नेम्बांग
More photos >>>

Related Articles

Leave a Reply

Back to top button