आदिवासी

मुन्धुमी स्थलको प्रचार गर्न ‘सेहोनाम्लाङ’ महोत्सव हुने

पाँचथर, ४ चैतः किरात धर्मशास्त्र मुन्धुममा आधारित ठाउँहरुको प्रचार गर्न जिल्लामा ‘सेहोनाम्लाङ’ साँस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।

मुन्धुममा वर्णन भएको लिम्बू समुदायको उत्पति भएको मानिने ठाउँ सेहोनाम्लाङ (छाला सुकुवा डाँडा) सहितका क्षेत्रको प्रचारका लागि फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा यही चैत २६ गतेदेखि वैशाख २ गतेसम्म महोत्सव हुने भएको हो । सेहोनाम्लाङको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वको प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

सेहोनाम्लाङ क्षेत्र र लिम्बू समुदायको उत्पतिसम्बन्धी किंवदन्तीका दुई पात्रहरु नामसामी र केसामीबारे छलफल गर्ने आयोजक समितिका सचिव सूर्यप्रकाश चेम्जोङले जानकारी दिनुभयो । महोत्सव करिब ४० लाखको लागतमा गर्न लागिएको हो ।

महोत्सवमा सेहोनाम्लाङ क्षेत्रमा नियमित भ्रमण गराउने, कृषिजन्य वस्तु प्रदर्शनीमा राख्ने, सेहोनाम्लाङबारे विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी आदिवासी जनजातिका कला संस्कृति सम्वर्द्धनबारे वहस, कृषि तथा पर्यटनसम्बन्धी गोष्ठी, लोकसंस्कृतिमा आधारित कार्यक्रम, विभिन्न खेलकुद प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष डिएम आङ्देम्बेले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button