आदिवासी

चुम्लुङ आसफोर्ड शाखाको बार्षिक साधारण सभा सम्पन्न

गत १२ सेप्टेम्बर २०२६ का दिन किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आसफोर्ड जोनवालिस एकाडेमीको सभाहलमा सो सभा सम्पन्न भएको हो । शाखाले बर्षभरि गरेका कार्यक्रमहरुलाई समेटेर सागठानिक प्रतिवेदन सचिव लालहाँङ लिम्बुले प्रस्तुत गरे, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्त फावेनले प्रस्तुत गरे । शाखासँग हाल ३६ हजार पाउण्ड कोषमा रहेको र अझ यसलाई बढाउने उद्देश्य रहेको बताए ।

किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय समितिको पूर्वअध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका पूर्व अध्यक्ष सिरी प्रसाद लिम्बुको प्रमुख आतिथ्यतामा भएको सभामा विभिन्न ब्यक्तिहरुले आआफ्‌नो धारणाहरु राखेका थिए । केन्द्रीय समितिको साधारण सभामा के के विषय राख्ने भन्ने विषयमा छलफल भयो । आगामी दिनमा सुधार तथा थप गर्नुपर्ने कार्यक्रमहरुको बारेमा विस्तृत चर्चा भयो । आसफोर्ड शाखाको आफ्‌नै वेभसाईट https://kycashford.org.uk/ पनि उदघाटन गरियो । त्यस्तैगरि चुम्लुङ जस्तै हजारौ सदस्य र दर्जनौ शाखाहरु भएको संगठनको सदस्यहरुको ब्यवस्थापन, आईडी कार्ड र शुल्क शिधै लिने ब्यवस्था भएको एडभान्स सिस्टमको वेभसाईट https://limbu.com.np/ को बारेमा विश्वास दीप तिगेलाले जानकारी गराएका थिए ।

चुम्लुङ युकेको केन्द्रीय सचिव सकुन नेम्बाङ, सदस्य टंक याङदेन, किरात धर्म तथा साहित्य उत्थान संघ युकेको केन्द्रीय महासचिव ज्ञानु फूरुम्बो, लिम्बुवान नागरिक समाजका सचिव लाहाङ चेम्जोङ, चुम्लुङ थामेन्दिङमाका अध्यक्ष मनमाया नेम्बाङ लगायतकाले आआफ्‌ना विचार राखेका थिए । शाखाका अध्यक्ष सुन्दर लिङथेपको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव लालहाँङ लिम्बुले संचालन गरेका थिए ।

Related Articles

Back to top button