युके विशेष

बृटिस सरकारसँग गोर्खाको वार्ता भोली २१ फेब्रुवरीमा लण्डनमा हुदै

लण्डन,
बृटिस गोर्खा सेनामा सेवा गरेका भूतपूर्व गोर्खाहरु र युके सरकार बीच अर्को वार्ता भोली २१ फेब्रुवरीका दिन लण्डनको रक्षा मन्त्रालयमा वार्ता हुने भएको छ ।

दिउसो ३.३० बजे शुरु भएर करिब २ घण्टा वार्ता हुनेकुरा वार्ता समितिका स्थायी सदस्य तथा गेसोका उपाध्यक्ष धर्म तामाङले बताएका छन ।

भोलीको बैठकमा पेन्सन सम्बन्धि वार्ता गरिनेछ र त्यसपछि इमिग्रेसन सम्बन्धमा पनि छलफल गर्ने योजना रहेको कुरा जनाएका छन । भोलीको वार्तामा मेजर जुद गुरुङ, अनसनकारी श्रीमति पुष्पा राणा र मेजर उदय बहादुर गुङंरुङ गोर्खाको तर्फबाट रहनेछन ।

वार्ताको तयारीको निमित्त हिजो १९ फेब्रुवरीका दिन नेपाली राजदुतावासमा बैठक भएको थियो । सबै गोर्खा संघसंस्थाहरुको सहभागिता रहेको यो अभियानलाई सफल बनाउनको लागि धेरैभन्दा धेरै गोर्खा, गोर्खा परिवार र भान्जाभान्जिहरुलाई वार्तास्थल वाहिर उपस्थिती हुन आग्रह गरेका छन । त्यसपछिको मन्त्री स्तरिय वार्ता आगामी २७ मार्चमा हुदैछ ।

भोलीको बैठकको तयारी बारेमा स्थायी वार्ता समितिका सदस्य एवं गोर्खा सत्याग्रह सघर्ष समितिका मुख्यसंयोजक कृष्ण बहादुर राईसँग गरिएको भिडियो कुराकानी:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button