जीआरएनसीले नेपाली नयाँ वर्ष बि स २०८३ भब्य रुपमा मनायो

ग्रेटर रशमोर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले आइतबार, १२ अप्रिल २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा बिक्रम समबत २०८३ नयाँ वर्ष भव्य रूपमा मनाएको छ।
संस्थाका अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव लेफ्टिनेन्ट सुनिल राना मगरले गर्नुभएको थियो भने उपाध्यक्ष एवं कार्यक्रम संयोजक उत्तरबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रशमोर बरो काउन्सिलका मेयर कालम स्टिवार्ट, विशेष अतिथिमा बेलायती सांसद अलेक्स बेकर हुनुहुन्थ्यो । अन्य विशेष अतिथिहरूमा नेपाली दूतावास लन्डनका द्वितीय सचिव संजोग राई, काउन्सिल लिडर ग्यारेथ विलियम्स, काउन्टी काउन्सिलर आलेक्स क्रोफोर्ड, एनआरएनए आईसीसीका उपाध्यक्ष एवं पत्रकार विश्वास दीप तिगेला, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, प्रमुख संरक्षक डेबिड (दीपक) गुरुङ, नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई उपस्थिति थिए ।
यस्तै किरात याक्थुङ चुम्लुङ यूके, तमु धीं युके, किरात राई यायोक्खा यूके, मगर संघ यूके, तमु प्ये ल्हु संघ यूके, किरात सुनुवार वेलफर सोसाइटी यूके, पासा पुछ गुथि यूके, सिर्जनशील नेपली समाज युके, क्षेत्री समाज यूके, थकाली समाज यूके, तामाङ सोसाइटी यूके, शेर्पा संघ यूकेका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए ।
यस्तै पाँचथर समाज यूके, लमजुङ समाज यूके, स्याङ्जा समाज यूके, तेह्रथुम समाज यूके, इलाम समाज यूके, कालीगण्डकी सेरोफेरो यूके, बिगेसो यूके, ताप्लेजुङ समाज युके, तमु लामा समाज यूके, पाँचथर थर्पु समाज यूके, एडिएस यूके, नादा तमु समाज युके लगाएत विभिन्न संघ–संस्थाका अध्यक्ष एवं पदाधिकारीहरू तथा क्युओजीएलआरका अफिसरहरु, नेपाली तथा गैर नेपालीहरु र जीआरएनसीका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, पदाधिकारी, ट्रस्टी, सल्लाहकार, वर्तमान कार्यसमितिका पदाधिकारी, सदस्य, पूर्वकाउन्सिलर लगायतको बाक्लो सहभागिता रहेको थियो।
गोर्खा मेजर विवेकजंग शाह एमभीओ एमबीई, मेजर चक्र खत्री एमबीईलगायत थुप्रै गोर्खा मेजरहरु सहभागी थिए । राफल ड्रको पहिलो पुरस्कार विजेता क्युओजीएलआर टेबल बनेको थियो । उक्त पुरस्कार जीआरएनसीकी अध्यक्ष माबोलाई नै संस्थाको सहयोग स्वरुप प्रदान गरिएको थियो ।
सांस्कृतिक समारोहमा ज्येष्ठ नागरिक क्याप्टेन वीर बहादुर थापा मगर , रोहित गुरुङ र सुष्मा गुरुङको युगल गीत, नेपालबाट आएकी लोकप्रिय गायिका तथा नृत्यकार रेश्मा तामाङले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा स्थानीय कलाकारहरूले लिम्बू समुदायको च्याब्रुङ नृत्य, राईहरूको साकेला, युएचएसबि शाखा (मगरसंघ) युके बाट सोरठी लगायत विभिन्न जातजातिको मौलिक नृत्यहरू प्रदर्शन गरेका थिए। सांस्कृतिक सत्रको सञ्चालन संस्थाका पूर्वअध्यक्ष रोहित गुरुङ र सह–मिडिया संयोजक गोमा राना मगरले गर्नुभएको थियो।
अध्यक्ष माबोले उपस्थित संम्पुर्ण महानुभाव लगायत कार्यक्रम सफल पार्नु हुने प्रायोजकहरु, पत्रकारहरु लगायत कार्यसमिति सबैलाई धन्यबाद ज्ञापन गर्दै नयां बर्ष २०८३ शुभकामना ब्यक्त गर्नु भएको थियो।




