युके विशेष

प्लमस्टेड स्पोर्ट्स हल म्यानोर स्कुलमा बास्केटबल फ्रेन्डली कम्पिटिसन

आउदो १७ फेब्रुअरी २०२४ शनिबारको दिन बेलायतको प्लमस्टेड स्पोर्ट्स हल म्यानोर स्कुलमा बास्केटबल मैत्रीपुर्ण प्रतिस्पर्धा हुने भएको अनमोल राना (बास्केटबल परिवार) ले जानकारी दिएका छन् ।

विभिन्न समुदायका विभिन्न ठाउँको भिन्न उमेरका खेलाडीहरुलाइ एक आपसमा प्रोत्साहन गर्दै नियमित खेलमा सहभागी हुँदा शारीरिक मानसिक तन्दुरुस्त स्वस्थ रहनकै लागि यो प्रतिस्पर्धा राखिएको छ, बिहान ८ बजे देखि बेलुकिको ५ बजे सम्म।

यो खेलको लागि खेलाडी प्रवेश शुल्क हरेक टर्मको १०० पाउन्ड तोकिएको छ। बिस्तृत जानकारीको लागि सम्पर्क ब्यक्ति अनमोल राना 07906636382 अन्य सम्पर्क नम्बर उल्लेखित ब्यानरमा हेर्न सक्नु हुनेछ।
– गोमा राना

Related Articles

Leave a Reply

Back to top button