युके विशेष

लेडिज रमझम च्यारिटी नाईट हुदै

गिभिना मगर (सामाजिक अभियन्ता) लगायतको सहयोगको निमित्त

लण्डन,
हरेक वर्ष जस्तै यो वर्ष पनि आगामी १६ मार्च २०२४ शनिबारको साँझ सम्पुर्ण दिदीबहिनी भान्जीहरुको, मनोरञ्जनको लागि डिजे नेप्सोलका साथ लेडिज रमझम च्यारिटी नााईट हुने भएको छ ।

गत ११ फेब्रुअरी आइतबार मगर संघ युके युनाइटेड ह्याम्पशेयर, सर्रे बर्कशायर(यु एच एस बि) शाखाका महिला समितिका अध्यक्ष धना रोकाको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो।

लेडिज रमझम च्यारीटि कार्यक्रमको लागि सबै तयारी भइ रहेको जानकारी सचिब पार्बती थापाले बताएकी छिन।

लेडिज रमझम नाईट २००७ साल देखि अहिले सम्म निरन्तर रुपमा भइ रहेकोमा कोभिड 19 को विषम परिस्थितिमा मात्र हुन सकेको थिएन। शुरुमा यो कार्यक्रमको मुख्य उद्देश्य दिदिबहिनीहरु ( सबै उमेरका) जम्मा भै आ-आफ्नो कला कविता, गीत, नृत्य प्रस्तुत गर्ने भेट्घाट भइ भलाकुसारी, एक आपसमा परिचय, स्वेच्छिक पहिरनमा मनोरञ्जन गर्ने थियो। अहिले आएर सबैजना डिजे मै मनोरञ्जन गरेको पाइन्छ।

हरेक बर्षको कार्यक्रमबाट उठेको रकम नेपालमा दिल शोभा (आमाघर), इन्दिरा आमा (कारागारमा रहेका आपराधिक अभिभावकका बिचल्ली छोराछोरीको हेरचाह) पस्चिमान्चल प्रसुती गृह, दीक्षा चापागाईं (बृद्ध तथा बालबालिकाको हेरचाह) अनुराधा कोइराला(माइती नेपाल) पश्चिम नेपाल खानेपानी प्रबन्ध, गिभिना मगर (सामाजिक अभियन्ता) त्यस्तै बेलायतमा फ्रीम्ली पार्क हस्पिटल क्यान्सर रिसर्चमा र फार्नहाम हस्पिसमा सहयो गरिसकेको छ भने यस पटक गायक तथा सर्जक प्रसाद खप्तरी जो दुबै मिर्गौला पीडितलाई सहयोग गर्ने भएको छ।

कार्यक्रम सामुअल कोडी स्पोर्ट्स कलेज (पुरानो ओक् फार्म स्कुल) GU14 8SS मा हुने भएको छ । टिकट दर £१० र गेटमा £१२ रहेको छ।

– गोमा राना

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button