मनोरञ्जन

गायिका मुना मगरको युकेमा आगमन

गोमा राना,
११ जनवरी, मगरसंघयुके युएचएसबि ( united Hampshire, Berkshire,Surry, branch)शाखाले शनिबारको दिन फार्न्बोरो स्थित सामुअल कोडि स्पोर्ट्स कलेज (ओक्फार्म स्कुल) मा मगरहरुको परम्परा अनुसार मौलिक पित्री पुजाका साथ धुमधामले माघे सक्रान्ति मनाउने भएको छ। सो कार्यक्रमको निमित्त गायिका मुना मगर युकेमा आइपुगेकी छिन।

विदेशी भुमिमा पनि मगरहरुको मौलिक परम्परा संस्कार, सस्कृति भाषा, भेष भुषा नेपाली कला गीत सङ्गीतलाइ निरन्तरता दिन प्रोत्साहन र प्रबर्द्धन गर्न हरेक बर्ष माघे सक्रान्ती मनाइन्छ।

उक्त दिन पौराणिक पित्री पुजा पछि प्रसादको रुपमा दिदिबहिनीहरुबाट मिठा मिठा परिकार खिचडी, सेल रोटी, फिनि रोटी बारा (बटुक) खिर, हलुवा, तरुल सखरखण्ड तयार पारिन्छ। त्यसपछि सास्कृतिक कार्यक्रमको लागि चर्चित लोकदोहोरी गायिका मुना थापा मगरले सबैलाई नचाउने छिन। यस्को साथमा भान्जा भान्जीहरुबाट मौलिक नाच कौडा सालैजो स‍ोरठी आदि नाच तयार पारेको संयोजक उपाध्यक्ष बिर बलालले बताउनु हुन्छ।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनुको साथै राफल ड्र पनि हुनेछ, जस्मा पहिलो र दोस्रो राफल ड्र सुनको गहना त्यस्तै तेस्रो देखि पाँचौ पुरस्कारमा नगद सहित अन्य आकर्षक पुरस्कारहरु हुनेछन् ।

कार्यक्रमको लागि टिकट शुल्क २० पाउन्ड रहेको छ। बालबालिकालाई १५ पाउन्ड मात्र लाग्नेछ। स्पोन्सर टिकटहरु १०० पाउन्ड (३ टिकट), ७५ पाउन्ड (२ टिकट) र ५० पाउन्ड (१ टिकट) पनि उपलब्ध गराइने छ।

समग्रमा कार्यक्रम अत्यन्तै भब्य बनाउनको लागि युएचएसबि शाखाका अध्यक्ष ऋषिराम राना, संयोजक उपाध्यक्ष बिर बलाल, सचिव गणेश बुढाथोकी र कोषाध्यक्ष गोप सिंजालीले सबैलाई आइदिनको लागि आह्वान गरेका छन् ।

Related Articles

Leave a Reply

Back to top button