
६ मार्च, विजयपुर । याक्थुङ सँस्कृतिमा आधारित नेपाली चलचित्र ‘त?वाबा’ काे धरानमा प्रिमियर शाे हुने भएको छ । चैत १ र २ गते धरानको सिनेमा हलमा फिल्मकाे पहिलो प्रदर्शनी हुने भएको हाे ।
चलचित्र निर्माण टिमले सञ्जालबाट जानकारी दिँदै याक्थुङ लिम्बु सँस्कृति र तीसकाे दशककाे जनजीवनमा आधारित चलचित्र ‘त?बाबा (नियति)’ धरानकाे बराह फ्रेन्डस सिनेमा हलमा प्रदर्शनी हुने जनाएको छ ।
चलचित्रका निर्देशक खगेन्द्र पङ्धाक लिम्बुले धरानमा पहिलो साेअन्तर्गत चैत एक गते दुईवटा र दुई गते एउटा साे हुने जनाए । एक वर्षअघि लिम्बुवानकाे फेदाप तेह्रथुममा छायांकन सम्पन्न भएको फिल्मले तीन साताअघि मात्रै युनिभर्सल क्याटगाेरीमा सेन्सरकाे सर्टिफिकेट पाएकाे उनले जनाए ।
३० काे दशकतिरकाे पूर्वी पहाडकाे सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य स्थितिकाे चित्रण भएको फिल्ममा करिब ६० प्रतिशत याक्थुङ भाषा अन्तर्गत फेदाप्पे भाषिका प्रयाेग गरिएको छ । सन् २०१६ मा थाइल्यान्डबाट नेपाल फिरेका निर्देशक पङ्धाककाे याे तेस्रो फिल्म हाे । उनले यसअघि ‘थातथलाे ‘ र ‘तिम्मक’ निर्देशन गरिसकेका छन् ।
‘त?बाबा’ लाई नायिका सुमि लिवाङ लिम्बुले निर्माण एवम् कास्ट डिरेक्सन गरेकी हुन् । फिल्मकाे लेखन, सम्पादन, गीत लेखन, सङ्गीत, ध्वनी, डीओेपी सबैमा निर्देशक पङ्धाकले नै काम गरेका छन् । छायांकनमा भने मुख्य सहायक निर्देशक परशुराम लिम्बुले सहयोग गरेका छन् । क्यामेरा टेकरमा गगनविक्रम राई रहेका छन् । त?वाबा फिल्मस् प्रालिका लागि उर्मिला राई र वीर पङ्धाकले निर्माण सहायक रहेका छन् ।
फिल्मकाे गीतहरूमा कृष्णभक्त राई, उर्मिला राई, सुनिता थेगिम र अविर पङ्धाककाे स्वर सुन्न सकिनेछ । फिल्ममा सुमि लिम्बु, निवान पङ्धाक लिम्बु, उर्मिला राई, राजकुमार पङ्धाक लिम्बु, समीर पङ्धाक लिम्बु, दुर्गा बहादुर पङ्धाक लिम्बु, मित्रलाल तामाङ, अर्जुन थापा, निहा पङ्धाक लिम्बुहरूकाे अभिनय रहेको छ ।
फिल्मकाे टिजर हेर्न यहाँ थिच्नुहाेस् –