युके विशेष

लेखक तथा कानूनविद बेल्वासेलाई पत्नीशोक

लन्डन। युकेमा रहदै आएका लेखक तथा कानूनविद गोविन्द बेल्वासेलाई पत्नीशोक परेको छ ।

युकेकोे पिटरबरोमा सपरिवार बस्दै आएका बेल्वासेकी ५४ वर्षीया पत्नी सिता बेल्वासेको गत २८ डिसेम्बर २०२३ का दिन निधन भएको हो ।

केही महिना अस्पताल बसेर उपचारसमेत गराएकी उनलाई करिब एक महिनाअघि डिस्चार्ज गरी घर ल्याइएको थियो । उनको आफ्नो निवासमै निधन भएको परिवारनिकट स्रोतले जनाएको छ ।

स्व. सिताको जन्म वि.सं. २०२६ श्रावण ११ गते गुल्मीको छत्रकोट गाउंपालिका साविक श्रृंगा रुप्सेमा भएको हो ।

बेल्वासे दम्पतिका दुई छोरी र एक छोरा छन्। उनीहरु सबै बेलायतमै छन्। सिता सन् २००६ देखि बेलायतमा थिइन् ।

दोहोरो नेपाली नागरिकताका अभियन्ता पति बेल्वासे डायस्पोरामा चर्चित लेखक तथा कानून व्यवसायी हुन्। हाल फ्लाइ केटिएम ट्राभल कम्पनीका प्रवन्ध निर्देशक बेल्बासेले रातो पासपोर्ट, राष्ट्रवादः भ्रम कि यथार्थ, एम्मा जस्ता पुस्तक लेखिसकेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button