लेडिज रमझम च्यारिटी नाईटले धमाका मच्यायो

लेडिज रमझम च्यारिटी नाईटले धमाका मच्यायो
हरेक वर्ष जस्तै यो वर्ष पनि २६ अप्रेल शनिबारको साँझ सम्पुर्ण दिदीबहिनी भान्जीहरुले लेडिज रमझम च्यारिटी नााईटमा अत्यन्तै मनोरञ्जन गरेर डिजे हेम बिष्टको प्रस्तुतिमा धमाका मच्याएका थिए ।
गत १६ मार्च आइतबार मगर संघ युके युनाइटेड ह्याम्पशेयर, सर्रे, बर्कशायर, (यु एच एस बि) शाखाका महिला समितिका अध्यक्ष धना रोकाको अध्यक्षतामा बसेको बैठकले यो वर्षको मिति र नेपालमा सहयोग गर्ने निर्णय गरेको थियो भने सोही दिन लेडिज कमिटीको नयाँ कार्यसमिति गठन भएको थियो र नानु राना अध्यक्ष पदमा चयन भएकी थिइन् ।
लेडिज रमझम नाईट २००७ सालमा स्थापना भएको हो र अहिले सम्म निरन्तर रुपमा भइ रहेकोमा कोभिड 19 को विषम परिस्थितिमा मात्र हुन सकेको थिएन। शुरुमा यो कार्यक्रमको मुख्य उद्देश्य दिदिबहिनीहरु (सबै उमेरका) जम्मा भै आ-आफ्नो कला प्रतिभा देखाउने जस्तै कविता, गीत, नृत्य प्रस्तुत गर्ने भेट्घाट भइ भलाकुसारी, एक आपसमा परिचय जहाँ स्वेच्छिक पहिरनमा मनोरञ्जन गर्ने थियो। अहिले आएर सबैजना डिजेको साथ नयाँ पुराना गीतबाट नै भरपुर मनोरञ्जन गर्न चाहना राख्ने सचिव जमुना थापा बताउँछन् ।
हरेक बर्षको कार्यक्रमबाट उठेको रकम नेपालमा र बेलायतमा सहयोग गर्दै आइरहेको छ। संसारको होचो मान्छे गिनिस बुकमा रेकर्ड भएको खगेन्द्र थापा, दिल शोभा (आमाघर), इन्दिरा आमा (कारागारमा रहेका आपराधिक अभिभावकका बिचल्ली छोराछोरीको हेरचाह)
पस्चिमान्चल प्रसुती गृह, दीक्षा चापागाईं (बृद्ध तथा बालबालिकाको हेरचाह) अनुराधा कोइराला (माइती नेपाल) पश्चिम नेपाल खानेपानी प्रबन्ध, गिभिना मगर (सामाजिक अभियन्ता), जुनु पुन (समाज सेवी) त्यस्तै बेलायतमा फ्रीम्ली पार्क हस्पिटल क्यान्सर रिसर्चमा र फार्नहाम हस्पिसमा सहयोग गरिसकेको छ। त्यस्तै बुद्ध बिहार लन्डनको लागि १५०१ पाउन्ड, पहिलो गोर्खा भि सि कुल वीर थापाको शालिक बनाउन १००१ पाउन्ड सहयोग गरिसकेको छ।
गायक तथा सर्जक प्रसाद खप्तरी मगर जो दुबै मिर्गौला पीडितलाई सहयोग (खप्तरी मगर हाल भ्रमणको क्रममा बेलायत आएका छन् ) , त्यस्तै २०२० को बिबिसीको १०० जना प्रभावकारी महिलाहरुको छनोटमा परेकी, बेवारिसे लासको दाहासस्कार गरिदिने चिहानकी परी भनेर चिनिने सपना रोका र गोर्खा वुमन एन इको इन द स्टोरीका संस्थापक गोर्खा महिलाहरुको बारेमा अनुसन्धानकर्ता सुजाना थापा श्रीस लगायत अन्य ब्यक्तिलाई पनि सहयोग गर्दै आइरहेको छ भने यस पटक भने लल्ली रकाल र जमुना सार्की दुबै जना क्यान्सर पीडितलाई सहयोग गर्ने भएको छ।
नानु रानाको अध्यक्षतामा, कार्यक्रम सचिब जमुना थापाले संचालन गरेकी थिइन भने युवा आरती थापाले स्वास्थ सुरक्षा (हेल्थ एन्ड सेफ्टी) को बारेमा र उपाध्यक्ष पार्वती थापाले स्वागत मन्तव्य दिएकी थिइन् । अध्यक्ष राना मगरले उपस्थित सबै, प्रत्येक्ष परोक्ष सहयोग गर्नुहुनेलाइ, बि एफ बि एस गोर्खा रेडियो लगायत अन्य मिडियालाई खाना तथा डिजे लगायत कार्यक्रम सफल पार्नुहुने सबै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।