मगर एकता दिवसको महत्व दर्शाउदै भव्य रुपले मनायो ४३औं मगर दिवस।

बेलायतमा ४३औं मगर एकता दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार २२ फेब्रुअरी २०२५ को दिन मगर संघ युकेको मगर दिवस अल्डर्शटस्थित एम्पाएर हलमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भमा अध्यक्ष सीता पुन र प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पानसमा दिप प्रज्वलन गरि उत्घाटन गरेका थिए।
कार्यक्रममा नेपाल मगर संघका सस्थापक स्वर्गीय हेम बहादुर पुन मगर, प्रथम सहिद लखन थापा मगर र पुर्व मन्त्री स्वर्गीय गोरे बहादुर खपाङ्गी मगरको तस्वीरमा माल्यार्पण गरिएको थियो भने मगर युवाहरुले क्रमस वहाँहरुको छोटकरीमा जीवनी वाचन गर्नुका साथै हाल काठमाडौंमा बस्नुहुने मगर इतिहासविद बम कुमारी बुढा मगरको जीवनी प्रस्तुत गरेका थिए ।
वास्तवमै नेपालको पुर्व देखि पश्चिम सम्म बसोबास गर्ने मगरहरुको सास्कृतिक झलक प्रदर्शन गरेर बिबिधतामा एकता ल्याउने र नेपालको आ आफ्नो भेकको गीत भाकालाइ टप्प टिपेर बेलायतमा रहेका मगर युवाहरुलाइ मनोरञ्जन मात्र नभै यस्को महत्व र शिक्षाको रुपमा हस्तान्तरण गर्ने र अन्य सबै जात जाति संघ सस्थामा भातृत्व कायम गर्ने हाम्रो सस्कार सस्कृतिको पहिचान दिलाउने मुख्य उद्देश्य बोकेको मगर एकता दिवस विगत देखि मनाउँदै आइरहेको र यसलाई निरन्तरता दिन अत्यन्तै महत्त्वपूर्ण रहेको जानकारी सम्योजक बताउछन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली दूतावास लन्डनका तृतीय सचिव झुपलाल पुनमगर, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष बिरमान घर्तीमगर थिए । यस्तै अन्य अतिथिहरूमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष मेजर योगेश कोयी राई, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिमला सेने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष बोम सूर्यवंशी थापामगर, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, मगर संघ नेदरल्यान्डका अध्यक्ष नेत्र राना मगर, मगर संघ पोर्चुगलका उपाध्यक्ष चुमया थजाली मगर, नेपाल मगर संघ केन्द्रिय सहकोषाध्यक्ष क्याप्टेन निल बहादुर थापा मगर, तमु पे ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङ, तमु धिं युके आमा समुहका अध्यक्ष कमला गुरुङ, किरात राई यायोक्खा युकेका अध्यक्ष आसा राई, लम्जुङ्ग समाज युकेका अध्यक्ष दल बहादुर गुरुङ, मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, लगायत बेलायतमा स्थापित सम्पूर्ण जातीय संघ सस्थालगायत अन्य क्षेत्रीय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि, संरक्षक, पूर्व अध्यक्षहरू, ट्रष्टिहरू, शाखाका अध्यक्षहरू लगायत सम्पूर्ण आमन्त्रित पाहुनाहरूको वाहुलीबाट मगर संघ युकेको मुखपत्र कानुन लाङ्घा र बम कुमारी बुढा मगरद्वारा लिखित “मौला ल घोन” पुस्तकको विमोचन गरिएको थियो ।
४३ औं मगर दिवसको अवसरमा मगर संघ युकेका शाखाका अध्यक्षहरु, विभिन्न संघ सस्थाका अग्रणीहरु, उच्च शिक्षा हासिल गरेका, विभिन्न सामाजिक कृयाकलापमा राम्रो छबि राख्न सफल ब्याक्तित्व र पत्रकारहरुलाई सम्मान र मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा मगर संघ यूकेका शाखाहरु लन्डन, रेडिङ, वेम्बली, केन्ट, यूएचएसबी, स्वीइडन, वेल्स, प्लमस्टिड, वेस्ट लन्डन, क्याट्रिकलगायतबाट मगर समुदायको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । यस्तै पुनमगर समाज यूके, खामभाषी समाज यूके, मगर बुद्धिस्ट सोसाइटी, मगर महिला संघ, मगर आर्चरी एसोसिएसन यूकेले पनि झाँकी प्रस्तुत गरेका थिए भने मगर संघ केन्द्रले हुर्रा नृत्य देखाएको थियो। साथै यु एच एस बि शाखाका युवा टिमले मगर फेसन शो गरेका थिए । मगर महिलाको टिमले राफल ड्र खेलाइएको थियो।
औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष सीता पुनमगर कार्यक्रम सफल पार्न उपस्थित सम्पूर्ण अतिथिहरु, कार्यसमितिका सबैजनालाई आभार र सम्पुर्ण प्रत्येक्ष वा परोक्ष सहयोगीहरु, शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गरेकी थिइन् भने ४३ सौं मगर दिवसको शुभउपलक्षमा प्रमुख अतिथि ज्ञानेन्द्र पुन मगर, विशेष अतिथि झुपलाल पुन मगर, अतिथिहरु प्रेम गाहा मगर, क्याप्टेन योगेश राई, बिमला सेने, लोक राना मगर, नेत्र राना मगर र चुमया थजाली मगरले शुभकामना मन्तब्य दिएका थिए।
कार्यक्रम संघका अध्यक्ष सीता पुन मगरको अध्यक्षतामा कार्यक्रम सम्योजक निर्मला थापाले स्वागत मन्तव्य राखेकी थिइन भने सास्कृतिक सचिव तेन्याङ ( सरु) राना गुरुङ र सहसचिव नुनु पाइजाको नेतृत्वमा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम भएको थियो।नेपालबाट आएका चर्चित लोक तथा दोहोरी कलाकारहरु प्रसाद खप्तरी मगर र देवी आलेले अन्त्य सम्म धमाका मच्याएका थिए।
महासचिव गुमानसिङ थापा मगर र गोमन पुन मगरले औपचारिक कार्यक्रम कुशलता पुर्वक सन्चालन गरेका थिए।