प्रवासयुके विशेष

सांसद माननीय सरस्वती गुरुङ्लाई स्याङ्जा समाज युकेको वार्षिक साधारण सभामा स्वागत तथा अभिनन्दन

सांसद माननीय सरस्वती गुरुङ्लाई स्याङ्जा समाज युकेको वार्षिक साधारण सभामा स्वागत तथा अभिनन्दन।

यहि जनवरी १९ तारिख २०२५ आइतबारको दिन ठमेल रेस्टुरेन्ट अलडर्शटमा स्याङ्जा समाज युकेको १२ बजे देखि वार्षिक साधारण सभा हुने भएको छ।

साधारण सभामा, वार्षिक प्रतिवेदन सहित समाजले वर्ष भरिमा गरेका उपलब्धि र भविस्यमा गर्नु पर्ने आवश्यक गतिविधिमा बृहत् छलफल हुने जानकारी महासचिव राम राज शर्माले जानकारी दिएका छन।

उक्त साधारण सभामा विभिन्न क्षेत्रमा सफल्ता प्राप्त गरेका सदस्यहरुलाइ प्रोत्साहनको लागि सम्मान गर्नुका साथै गण्डकी प्रदेशकि सांसद माननीय सरस्वती गुरुङ लगायत नेपालबाट आउनु भएका अन्य ब्यक्तित्वलाई स्वागत सम्मान तथा अभिनन्दन गर्ने भएको छ।

स्याङ्जा समाजलाई द्रुत गतिमा सफल पार्नको लागि आमा समुहको ठुलो भुमिका रहने गर्छ। जस्मा आर्थिक सबल पार्न देउसी भैलो लगायत अन्य विभिन्न कार्यक्रमको आयोजना गरि आर्थिक सङ्कलन गरेको र नेपालमा सहयोग गरेको सस्थाका आमा समुहको अध्यक्ष हुम कुमारी गुरुङ्ले जानकारी दिएकी छिन् ।

आगामी जुन महिनामा हुने वार्सिक भेट्घाट्को बारेमा छलफल गर्नु पर्ने भएकोले यो साधारण सभामा स्याङ्जावासी सबैलाई उपस्थित भइ दिनु हुन सस्थाका अध्यक्ष भरत गुरुङले विनम्र अनुरोध गरेका छन् ।

Related Articles

Back to top button