मनोरञ्जन

बेलायतको अल्डसटमा मह जोडीको बेजोड धमाका

गोमा राना,
गत २४ डिसेम्बर २०२३ का दिन नेपालका वरिष्ठ हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) को अल्डसटको एक हलमा बेजोड प्रस्तुति रहेको थियो ।

मह जोडी टुर २०२३ ले दोस्रो दिन पनि धमाका मच्यायो नेपालमा बढ्दै गएको भ्रष्टाचार, मंहगाइ, राजनीतिक उथलपुथलको ब्येङ्ग्यात्मक चोटिलो प्रस्तुतिले सबै उमेरका दर्शकलाइ पेट मिचिमिचि हसाँएका थिए भने दुबैजनाले आ आफ्नो गीत पनि प्रस्तुत गरेका थिए र मदन कृष्ण श्रेष्ठको छोराछोरी यमन श्रेष्ठ र सराना श्रेष्ठको गायनले थप पारिवारिक सङ्गीतमय बनेको थियो ।

कार्यक्रममा कलाकारहरु शर्मिला बर्देवा, यमन श्रेष्ठ, सराना श्रेष्ठ र द भ्वाइस अफ नेपाल विजेता करण राइको प्रस्तुतिले दर्शकलाई भरपुर नचाएका थिए।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुतावास लन्डनका उपनियोग प्रमुख रोशन खनाल र विशेष अतिथिमा मिडवे काउन्सिलका मेयर निना गुरुङले नेपाली गीत सङ्गीत कला सस्कृति र कलाकारको सम्मान गर्दै कार्यक्रम सफलता र नयाँ वर्ष २०२४ को शुभकामना ब्यक्त गरेका थिए।

बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका परिवारको कल्याणकारी कार्यमा समर्पित च्यारिटी सस्था द गोर्खा सेन्टरका अध्यक्ष भिम तामाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम सन्चारकर्मी बिमला सेनेले सन्चालन गरेकी थिइन भने दोस्रो भाग दिपक मैथाने मगर र आस्था जोशीले अत्यन्तै रोचकपूर्ण ढंगले सन्चालन गरेका थिए । आयोजक तामाङ्ले कलाकारहरु लगायत सम्पुर्ण दर्शक र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button