भारतीय कोरियोग्राफर सरोज खानको निधन

एजेन्सी । भारतीय कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयघाटको कारण शुक्रबार निधन भएको छ । मुम्बइस्थित गुरु नानक अस्पतालको उहाँको विहान १ बजेर ५२ मिनेटमा निधन भएको इन्डिया टिभी न्युजले जनाइएको छ ।

श्वासप्रश्वासमा गाह्रो भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । कोभिड १९ रिपोर्ट नेगेटिभ आएको थियो । दुई सय भन्दा बढी बलिउड चलचित्रमा कोरियोग्राफी गरिसक्नुभएको खानले सन् १९८३ मा फिल्म ‘हिरो’ मा कोरियोग्राफीको काम सुरु गर्नुभएको थियो ।

उहाँले कोरियोग्राफी गरेको अन्तिम चलचित्र भने ‘कंलक (२०१९) हो । तीन वर्षको उमेरदेखि नै विभिन्न चलचित्रमा नृत्य गरि आत्मनिर्भर रहनुभएको खानले दुई हजार गीतहरुमा कोरियोग्राफी गरिसक्नुभयो ।

उहाँको हवा हवाई, एक दो तीन, ढकढक करने लगा, डोला रे डोरा, चने के खेतमे जस्ता गीतको नृत्य चर्चित रहेको छ । उहाँका श्रीमान, एक छोरा र दुई छोरी हुनुहुन्छ । शुक्रवार नै खानको अन्तिम संस्कार गर्ने पनि जनाइएको छ ।