युके विशेष

करियर वेबिनारमार्फत विद्यार्थीलाई प्रेरणा र मार्गदर्शन

– टेक माबोहाङ्

गत ११ अप्रिल २०२६ मा सम्पन्न पहिलो करियर सम्बन्धी वेबिनारको संक्षिप्त झलक सार्वजनिक गरिएको छ। उक्त कार्यक्रमको उद्देश्य याक्थुङबा लगायत बेलायतस्थित अन्य नेपाली समुदायका माध्यमिक विद्यालय तथा सिक्स्थ फर्ममा अध्ययनरत विद्यार्थीहरूलाई प्रेरित गर्नुका साथै विभिन्न आकर्षक करियरका मार्गतर्फ मार्गदर्शन गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको संयोजन डा. किसन याक्सो (उपाध्यक्ष, KYC-UK वेन्छा चुम्भो) ले गर्नुभएको थियो भने सञ्चालन श्री शिखर साम्बाहाम्फे (विद्यार्थी तथा युवा संयोजक सचिव, KYC-UK वेन्छा चुम्भो) ले गर्नुभएको थियो। वेबिनारको अध्यक्षता हाङ्मा लावती (अध्यक्ष, KYC-UK वेन्छा चुम्भो) ले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका सफल तथा अनुभवी व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी भएका थिए। उनीहरूले आफ्नो अनुभव, सफलता कथा तथा करियर निर्माणसम्बन्धी उपयोगी सुझावहरू विद्यार्थीहरूसमक्ष साझा गरेका थिए। वक्ताहरूमा मेजर युगल आङ्बो MBE (ब्रिटिश सेना), सोनी मास्वा (वरिष्ठ लेखापाल), म्यागी हुक्पा चोङबाङ (ग्राफिक डिजाइनर), इन्जिनियर टेनिश पाङ्मा (सिभिल इन्जिनियर), नेबिका याक्सो (एडल्ट नर्स), सुरज नेम्बाङ (वकिल) तथा डा. किसन याक्सो (चिकित्सक) रहेका थिए।

वेबिनारमा विद्यार्थीहरूका साथै उनीहरूका अभिभावक तथा संरक्षकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई ज्ञानवर्द्धक, प्रेरणादायी तथा समयसापेक्ष भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण वक्ता, सहभागी तथा आयोजक टोलीप्रति आयोजक संस्थाले हार्दिक आभार व्यक्त गरेको छ। साथै आगामी दिनहरूमा यस्ता उपयोगी तथा प्रेरणादायी कार्यक्रमहरू अझ व्यापक रूपमा सञ्चालन गरिने अपेक्षा व्यक्त गरिएको छ।

Related Articles

Back to top button