युके विशेष

लन्डनमा मनाइयो २६४८ औं बुद्ध जयन्ती

टेक बहादुर थापा ‘राजेश’

लन्डन | २६४८ औं बुद्ध जन्म जयन्ति यही मे २५ तारिखका दिन शनिवार मंगल बुद्ध बिहार बेलायतको आयोजनामा ह्यारो बरो फुडबल क्लब, लन्डनमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएकोछ |

लन्डन माइन्डफुल्नेस मेडिटेसन सेन्टरका प्रमुख सुमना भन्तेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम बिहारका अध्यक्ष ईन्द्र बहादुर पुन,बिहारका सलाहकार कृष्ण दर्लामी, थर्क राना र मगर महिला संघ युकेकी अध्यक्ष बिष्णु श्रीसले संयुक्तरुपमा पानसमा बत्ती बालेर शुरु भएको थियो | त्यसपछि बुद्धपुजा सम्पन्न भएको थियो भने कार्यक्रममा उपस्थित सुमना भन्ते र ईन्द्रसक भन्तेबाट पञ्चशिल ग्रहण गरिएको थियो | मंगल बिहारका उपाध्यक्ष टिका दर्लामीले बुद्ध जयन्ती र बुद्ध पात्रोको बारेमा जानकारी गराएका थिए | सो अबसरमा चार आर्य सत्य र आर्य अष्टांगिक मार्गका बारेमा बिहारका सल्हाकार कृष्ण दर्लामिले प्रकाश पार्नु भएको थियो |

कार्यक्रमका प्रमुख अतिथी सुमना भन्तेले हाम्रो मानसिक अवस्थाले नै शुख र दु:ख निम्त्याउने भएको हुँदा सधैं हामीले आफ्नो मनलाई सफा राख्नु पर्ने बताउनु भएको थियो, मन सफा भए मात्र राम्रो काम गर्न सकिने भएको हुँदा शिल, समाधी र प्रग्याको नियमित अभ्यास गर्न आबश्यक हुन्छ भन्नु भएको थियो | सो अबसरमा यही अगष्ट १४ देखि २५ तारेखसम्म हुन गहिरहेको निशुल्क दश दिवशिय भगवान बुद्धले सिकाउनु भएको बिपस्सना ध्यान भाबनाका बारेमा बिहारका अध्यक्षले जानकारी गराउनु भएको थियो |उक्त निशुल्क दश दिवशिय बिपस्सना ध्यान भाबना बेलायत स्थित हेरफोर्डशायरमा अबस्थित धम्म दिपा ध्यान केन्द्रमा हुनेछ भने सो बिपस्सना ध्यान नेपाली र हिन्दी भाषामा गराइनेछ |धम्म दिपा ध्यान केन्द्रको वेबसाइड Dhamma.org मा अन्लाइ आबेदन फारम खुल्ला भैसकेको र अगष्टमा हुने उक्त बिपस्सना ध्यानको लागि ६४ जना महिला र ६४ जना पुरुषको लागि सिट क्षमाता रहेको पनि जानकारी गराईेको थियो |

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित बौद्ध परियती शिक्षाको मगल बुद्ध बिहार युके परिक्षा केन्द्रबाट परिक्षामा सामेल भै कक्षा १ देखी कक्षा ५ सम्मका परिक्षा उतिर्ण गर्ने बिद्यार्थीहरुलाई सो अबसरमा प्रमाणपत्र र पाठ्यपुस्तक बितरण गरिएको थियो |बौद्ध परियती शिक्षाको आगामी कक्षा सन्चालन र परिक्षाका बारेमा पनि बिहारका अध्यक्षले जानकारी गराएका थिए | उक्त बौद्ध परियती शिक्षा लुम्बिनी बौद्ध विश्वविध्यालयबाट समेत मान्यता प्राप्त शिक्षा हो | उक्त बौद्ध परियती शिक्षा बिहारले अन्लाइनबाट निशुल्क अध्यापन गराउदै आएको पनि जानकारी गराईएको थियो |

मंगल बुद्ध बिहारका अध्यक्ष ईन्द्र बहादुर पुनको सभापतित्वमा भएको बुद्ध जयन्ती कार्यक्रमको सन्चालन बिहारका सचिब जगत बहादुर आलेले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य टिका दर्लामीले गर्नु भएको थियो | कार्यक्रम बौद्ध परम्परा अनुसार पुन्यानुमोदन गरेर समापन गरिएको थियो |

Related Articles

Leave a Reply

Back to top button