युके विशेष

लण्डनमा कुलमान घिसिङको उपस्थितीमा १६ औं नेपाली मेला भब्यतापूर्वक सम्पन्न

लन्डन । गत २४ अगष्ट २०२५ का दिन लण्डनको केम्पटन पार्कमा १६ औं नेपाली मेला सम्पन्न भएको छ । तमुधिं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा नेपाली मेला सम्पन्न भएको हो ।

उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले नेपाली मेलाले राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’को भावनालाई प्रतिनिधित्व गरेको बताउनुभयो ।

मेलामा बेलायतका ४४ नेपाली संघसंस्थाले सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । झाँकीमा नेपालका विभिन्न जातजातीको परम्परागत भेषभूषा, नाचगान र संस्कृतिको झल्को देखिएको थियो । हजार ैदर्शक सहभागी रहेको मेलामा दर्ननौ स्टलमार्फत नेपाली खाना, च्यारिटी र व्यापारिक सामग्रीको बिक्री गरिएको थियो ।

मेलामा पासा पुचः गुथि यूकेले झाँकी र नृत्य दुवैमा उत्कृष्ट प्रस्तुति दिँदै एम्बासडर कप जित्यो । उसले ११ सय पाउन्ड पुरस्कार जित्यो । मगर संघ यूके र किरात याक्थुङ चुम्लुङ यूके पनि पुरस्कार विजेतामा परे ।

उत्कृष्ट सांस्कृतिक नृत्य प्रतियोगितामा ४० जना डान्सरहरुको घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच)बाट पासा पुचः गुथि यूके प्रथम भयो भने तनहुँ समाज यूके दोस्रो र किरात याक्थुङ चुम्लुङ यूके तृतीय भए ।

१६ औं नेपाली मेलाको अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रमलाई सूर्य गुरुङ, दुर्गा गुरुङ, योगेश गुरुङ लगायतले सञ्चालन गरेका थिए ।

Related Articles

Back to top button