प्रवासभूपू गोर्खा कोलमयुके विशेषसमाचार

अल्दरसट म्युनिसिपल गार्डनमा हालै भएको घटनाको बारेमा उच्चस्तरीय बैठक २१ जुन २६ मा सम्पन्न

GRNC ले रश्मूर बरो काउन्सिल (RBC) र प्रहरीलाई दिएको प्रतिवेदन पछि RBC का अन्तरिम प्रबन्ध निर्देशक इयान ह्यारिसनले सोमबार २१ जुन २६ मा दिउँसो १२:३० बजे आफ्नै कार्यालयमा सम्बन्धित सरोकारवालाहरूसँग बैठक बोलाएका थिए।

इयानले हेम्पशायर प्रहरी प्रमुख एलेक्स रिडिङ, अपरेशन बिभागका कार्यकारी प्रमुख जेम्स डगिन, काउन्सिलका नेता काउन्सिलर ग्यारेथ विलियम्स, रिफोर्म पार्टीको प्रमुख काउन्सिलर केभिन बेट्सवर्थ, उपमेयर काउन्सिलर जिब बेलबासे, काउन्सिलर उत्तर गुरुङ र GRNC को तर्फ महासचिव सुनिल राना र सुशीला मगर सँग मिलेर यो अत्यन्त महत्त्वपूर्ण बैठकको समायोजन गरेका थिए ।

काउन्सिल र प्रहिरी बाट सबैले यस अविश्वसनीय घटना प्रति पीडितहरू र समुदायप्रति गहिरो खेद, चिन्ता र सहानुभूति व्यक्त गरे। इयान र हेम्पशायरका प्रहरी प्रमुख एलेक्सले रश्मूरमा भएका गोर्खा भेटेरानहरू र नेपाली समुदायको ऐतिहासिक योगदानप्रति उनीहरूको अटुट सम्मान रहेको र रहिरहने पुष्टि गरे।

प्रमुख निरीक्षक एलेक्सको जानकारी अनुसार अपराधीलाई शनिबार बिहान पक्राउ गरिएको थियो र अनुसन्धान प्रारम्भ भैसकेको अनि बयान र प्रमाणहरू सङ्कलन गर्ने तथा प्रशासनिक प्रक्रिया पनि अघि बढिरहेको बताए । क्राउन अभियोजन सेवाले (CPS) सबै प्रक्रियाहरू पूरा हुने बित्तिकै अभियोगलाई मुद्द्दा अघि बढाउने छ। हालमा उनी तारिकमा रिहा भएको तर केहि प्रतिबन्धहरु लगाइएको पनि जानकारी दिए।

उनले सम्भावित समस्याग्रस्त क्षेत्रमा प्रहरीले थप गस्ती बढाएको र प्रहरी चौकीमा आफ्नो टोलिले सम्भावित अपराधीहरुको विभिन्न माध्याम बाट पनि निरगानी हुने बताए।  उनले यस्ता घटनाको जानकारी जनताले दिने हो भने प्रहरीले तत्काल अनुसन्धान गर्न सक्ने पनि बताए।

भबिस्यमा यस प्रकारको घटना हुन नदिन केहि समाधानहरूको छलफल भएको थियो, त्यसमा एल्डरशट पुस्तकालय र प्रहरी चौकीमा रिपोर्टिङ गर्ने, रेडियो मार्फत समुदायमा जानकारी दिने, जातिवादलाई निषेध गर्ने जस्ता थप जनचेतना अभियान चलाउने, स्कूलमा सानै उमेर देखि शिक्षा दिने अनि काउन्सिल, प्रहरी र GRNC बीचको राम्रो समन्वय जारी राख्ने।

RBC र नेपाली संगठनहरूका नेताहरू बीचको बैठक पुन: स्थापना गर्ने साथै काउन्सिलका सबै राजनीतिक दलहरूको प्रतिनिधित्व पनि समावेश गर्न वाचा गरेको छ।

सामाजिक एकता, सांस्कृतिक आदानप्रदान गर्न र खाली समय बिताउनका लागि GRNC ले सबैका लागि एउटा साझा सामुदायिक केन्द्रको पनि प्रस्ताब राखेकोमा ग्यारेथले यसलाई हेर्ने वाचा गरे, रुश्मूर बरोमा केहि त्यस्ता भवनहरु भएता पनि सही प्रकारको र उपुक्त भवन हुनु जरुरि छ भनि बताए ।

समग्रमा, काउन्सिल र प्रहिरी बाट नेपाली साथै अन्य समुदायहरुलाई आश्वासन दिनुका साथै बैठक रचनात्मक र समाधानमा केन्द्रित भएको थियो ।

सुनिल राना

 

Related Articles

Back to top button