आदिवासीमनोरञ्जन

स्कटल्याण्डमा क्या. पूर्ण लिम्बूलाई उत्कृष्ट अभिनेताको अवार्ड

लण्डन, २२ जुलाई २०२५ । चलचित्र “नाम्लो” का अभिनेता बृट्रिस आर्मीका रिटायर्ड क्याप्टेन पूर्ण लिम्बूले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

स्कटल्याण्डको राजधानी एडिन्बरामा नेपाल स्कटल्याण्ड एसोसिएसनले आयोजना गरेको “नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल २०२५ मा लिम्बूले उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् ।

चलचित्र “नाम्लो” का प्रस्तुतकर्ता समेत रहेका अभिनेता क्या. लिम्बुको अभिनयलाई निर्णायक मण्डलले उच्च मूल्यांकन गरेको थियो । सामाजिक उत्तरदायित्व बोकेको यस चलचित्र “नाम्लो” ले ढाकरेको जिवन कथा बोकेको छ ।

उत्कृष्ट अभिनेताको अवार्ड हात पारेपछि अभिनेता क्या. लिम्बूले प्राप्त सम्मानलाई आफूभित्र अझ राम्रो काम गर्ने प्रेरणाको रूपमा लिएको बताए । उनले यस अवार्डले चलचित्र क्षेत्रमा थप जिम्मेवारी र हौसला प्रदान गरेको बताए । उनका अनुसार यस चलचित्र संखुवासभाको खाम्लिङ गाउँमा रहेको खानेपानी र पूर्वाधार विकासमा सहयोग पुगोस् भन्ने उद्धेश्यले निर्माण गरिएको हो । अभिनेता लिम्बु ब्रिटिस गोर्खा आर्मीका अवकाश प्राप्त क्यापटेन समेत हुन्।
हेमन तामाङद्धारा निर्देशित यस चलचित्र “नाम्लो” को विशेष प्रदर्शनी धरान, इटहरी हुँदै संखुवासभाको नुनढाकी, पोखरी, चैनपुर र खाम्लिङ लगायतका स्थानहरूमा गरिसकिएको छ । यस चलचित्र “नाम्लो” को जुलाई २७ मा लण्डनको आस्फोर्डमा पहिलो अन्तर्राष्ट्रिय विशेष शो आयोजना गरिने अभिनेता लिम्बुको बताए ।

यसैगरी फेस्टिभलमा आदिवासी जनजाती चलचित्र र आदिवासी कथावस्तु समेटिएका नेपाली भाषाका चलचित्रलाई पुरस्कृत गरिएको थियो । नेपाली भाषातर्फ नवीन सुब्बा निर्देशित “गाउँ आएको बाटो” र आदिवासी विधातर्फ चलचित्र “सुगुप” उत्कृष्ट चलचित्र अवार्ड बन्यो ।

त्यस्तै उत्कृष्ट सर्ट चलचित्र – खिल
उत्कृष्ट सर्ट चलचित्र जुरी अवार्ड– लैलासा पराहेके
उत्कृष्ट डकुमेन्ट्री– एभरेष्ट मम
उत्कृष्ट डकुमेन्ट्री जुरी अवार्ड– डिभाइन डिल्लेमा

आदिवासी–जनजाति चलचित्र अवार्ड

उत्कृष्ट पटकथा– हेमन्त कृष्ण पान्धाक (हाङनन्द)
उत्कृष्ट अभिनेता– पूर्ण लिम्बु (नाम्लो)
उत्कृष्ट अभिनेत्री– अशिष्मा नकर्मी (लाखे आजु)
उत्कृष्ट निर्देशक जुरी अवार्ड– सागर केरुङ (छे)
उत्कृष्ट निर्देशक– प्रितम गुरुङ (मुखिया)

उत्कृष्ट चलचित्र – सुगुप
विशेष मेन्सन अवार्ड– नाचोङ

मूलधारको चलचित्र (आदिवासी विषयवस्तु)
उत्कृष्ट पटकथा – महेश राई (गाउँ आएको बाटो)
उत्कृष्ट चरित्र अभिनेत्री – सिर्जना सुब्बा (अञ्जिला)
उत्कृष्ट चरित्र अभिनेता – माओत्से गुरुङ (अञ्जिला)
उत्कृष्ट नव अभिनेता – रितेश चाम्स (गुर्खा वारिअर)

उत्कृष्ट नव अभिनेत्री – सृजना निङलेखु (कार्साङ)
उत्कृष्ट अभिनेता – दयाहाङ राई (गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्री – मिरुना मगर (घर ज्वाईँ)
उत्कृष्ट निर्देशक – मिलन चाम्स (अञ्जिला)
उत्कृष्ट चलचित्र – गाउँ आएको बाटो

समारोहमा बेलायतमा बसेर चलचित्र सहितका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई समेत सम्मान प्रदान गरिएको नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

भेस्टिभलका निर्णायकहरुमा निर्देशक दीपेन्द्र लामा, संगीता श्रेष्ठ, बलिउडका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरे, निर्माता ज्योति राज राई, निर्देशक प्रितम गुरुङ तथा क्यानडाबाट अभिनेता राजकुमार राई रहेका थिए ।

नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्य तथा एडिन्बराका सांसद फेजल चौधरीको विशेष आतिथ्यतामा भएको महोत्सवमा बेलायतस्थित फिल्मकर्मी मनिष श्रेष्ठ, विनोद चिपालु, सनम कुमार वैराग, शशी थापा सुब्बा, सिर्जना सुब्बा, म्याराथुन धावक सन्तोष राई लगायत नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

समाचार स्रोतः दिब्य रोसनी अनलाईन

Related Articles

Back to top button