आदिवासीस्थानीय

कुन यलम्वर संवत चलाउने विषयक अन्तरक्रिया सम्पन्न (भिडियो सहित)

काठमाडौं,
गत ५ जनवरी २०२५ का दिन कुन यलम्वर संवत चलाउने विषयक भर्चुवल अन्तरक्रिया सम्पन्न भयो ।

अन्तरक्रियामा प्राध्यापक अमर तुम्याहाँङ र बरिष्ठ पत्रकार गणेश राईले यलम्बर सवंतको बारेमा प्राप्त सामाग्रीहरु प्रस्तुत गरे । किरातको प्रथम राजा यलम्बरले शासन शुरुगरेको बर्षलाई गणनाको आधार मान्दा ३८०४ हुने कुरा खोजकर्ता प्रध्यापक तुम्याहाँङले बताए । किराती समुदायले केही बर्ष अघिदेखि मान्दै आएको ५०८४ लाई अझ प्रमाणिक एवं तथ्यपरक बनाउन गणनाको विन्दु खोज्नेक्रममा ३८०४ मात्र भेटिएको बताए ।

१३ पुस्ता शाह वंशले जम्मा १४० बर्षमात्र शासन गरेको पाइन्छ । शाहवंश अघि मल्लवंश र मल्लवंश अघि लिच्छिवीवंश र लिच्छिवीवंश अघि किरातवंशले शासन गरेको मानिन्छ । जम्मा ४ वंश अघिको किरात शासकको गणना ५०८४ पुग्न नसकिने बताए । कुन संवत सहि अकाट्य र कुन संवत गलत भन्न नसकिने तर ३८०४ चाहि तथ्यनजिक रहेको बताउन सकिए पनि अकाटय होईन, यति चाहि भन्न सकिन्छ ५०८४ चाहि तथ्यनजिक हुने कुनै सम्भावना छैन ।

बरिष्ठ पत्रकार राईले यलम्बर फाउन्डेशन मार्फत पहिलो पात्रो निर्माण गरिएको र निर्माण गर्नेक्रममा किरातहरुको पात्रो हिन्दु क्यालेण्डर नजिक नभई लोह परम्परा अन्तरगत भेटिएकोले अर्को बर्षको पात्रो नबनाईएको बताए । तथ्य नजिकको किरात संवत ३८०४ सन् २०१२ तिरै भेटिएको हो । मालिगाँउमा भेटिएको जयवर्माको मूर्तिमा लेखिएको सवंतलाई आधार मानेर गणना गर्दै ल्याउदा ३८०४ भएको बताए । सन् २०१२ तिरै सबै किरातजन्य संगठनले अर्को अकाटय संवत प्राप्त नभईन्जेल सम्म यसलाई मानेर जाने निर्णय गरेर गएको भए अहिले करिब १३ बर्षमा किरात पात्रोको काम धेरै अघि बढने थियो भन्ने विचार राखे तर सामुहिक निर्णय नहुदा यो काम अड्कियो र हामी पछि पर्न गएको बताए । यो खोज सबै किरातजन्य संस्थाहरुको सामुहिक प्रयासबाट भएकोले उनीहरुले पनि गणनाको विन्दु भएकोलाई मान्न शुरु गर्नुपर्ने विचार राखेपनि त्यो कुरा जातिय संगठनहरुको जिम्मेवारी भएको बताए ।

भर्चुवल कार्यक्रममा किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष वदन योङहाङ, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्तिमगर, सचिव रबिन राई, पोचुगलबाट रुकमान केरुङ, किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष सान्तहुक्पा चोङवाङ, पूर्व उपाध्यक्ष अमृता पालुङ्वा, किरात याक्थुङ युन्सा चुम्भोका सचिव सुरेन्द्र थेवे, किरात राई यायोख्खा युकेको उपाध्यक्ष ईश्वर चाम्लिङ, रत्न राई, सर्वधन राई, बलिराज राई, किरात राई यायोख्खा नेपालको प्रतिनिधी भद्रगोल किराती, दक्षिण कोरियाबाट सुरज किराती राई लगायत दुई दर्जन सहभागीहरु रहेका थिए ।

कार्यक्रमलाई यलम्बर फाउन्डेशनको तर्फबाट विश्वास दीप तिगेलाले संचालन गरेका थिए । कार्यक्रमलाई नेपालीसमाचार डटकमको फेसबुक पेजबाट प्रत्येक्ष प्रसारण गरिएको थियो ।

Video link >>

Related Articles

Back to top button