आदिवासी

युरोपमा भएका लिम्बुहरुको सम्मेलन बेल्जियममा हुदै

लण्डन, युरोपको विभिन्न मुलुकमा रहेका लिम्बुहरुले यस बर्ष दोस्रो युरोप स्तरिय सम्मेलन गर्ने भएका छन ।

युरोपमा रहेका लिम्बुहरुबीच आपसी चिनजान, भेटघाट र जानकारी आदानप्रदानको निमित्त दोस्रो युरोप स्तरिय लिम्बु (याक्थुङ) सम्मेलन हुने भएको हो । आगामी २७ जुलाई २०२६ को दिन बेल्जियमको लुभेनमा भेटघाट तथा अन्तरक्रिया हुने भएको छ । प्रोफेसर मारुङाँङ खवाहाँङ, विश्वास दीप तिगेला, प्रेम निङलेकुु, किसोर लिम्बु लगायतबाट लिम्बु, लिम्बुवान इतिहास र संस्कृतिको बारेमा प्राज्ञिक बहस श्रृंखला २ हुने भएको छ भने दोस्रो दिन किरात याक्थुङ चुम्लुङ बेल्जियमको आयोजनामा सिसेक्पा तङनाम चाड विविध कार्यक्रम सहित मनाउने जनाईएको छ । तेस्रो दिन बेल्जियमका विभिन्न महत्वपूर्ण स्थलहरुको भ्रमणको कार्यक्रम रहेको जनाईएको छ ।

पहिलो दिन किरात याक्थुङ चुम्लुङ (कियाचु) बेल्जियमको अध्यक्ष वदन योङहाँङद्धारा चियापान स्वागत हुनेछ भने कियाचु जर्मनी अध्यक्ष सन्चमान जबेगु, कियाचु पोर्चुगलका अध्यक्ष रुकमान केरुङ, कियाचु माल्टा अध्यक्ष प्रेमराज फोम्बो र कियाचु साईप्रसकी अध्यक्ष छुमन्ता तुम्बापो लगायतको सहभागिता रहने जनाईएको छ ।

पहिलो सम्मेलन भेला गतबर्ष पोर्चुगलको राजधानी लिस्वनमा सम्पन्न भएको थियो ।

Related Articles

Back to top button