NRNA Special

एनआरएनए यूकेको कार्यसमितिबाट पत्रकार सम्मेलनको आयोजना गर्दै

एनआरएनए यूके

एनआरएनए यूकेको कार्यसमितिले आगामी बुधबार, १६ जुलाई २०२५, साँझ ६ बजे, Thamel Restaurant, Aldershot मा पत्रकार सम्मेलन गर्ने भएको छ।

अवैधानिक बद्रि समूहले २६ र २७ जुलाईमा गर्न लागेको कथित अधिवेशनका बारेमा यूकेमा रहेका नेपाली बेलायतवासीलाई स्पष्ट जानकारी दिनु रहेको प्रवक्ता डा. कुल प्रसाद कंडेलले बताउनु भएको छ। एनआरएनए यूकेका अनुसार, प्रेस सम्मेलनको उद्देश्य सो अधिवेशन सर्वोच्च अदालतको परमादेश, नेपाल सरकारको परराष्ट्र मन्त्रालयको निर्देशन, तथा एनआरएन ऐन, नियम र नीतिको स्पष्ट उल्लंघनमा आधारित रहेको भन्दै यसको विरुद्धमा आवाज उठाइएको हो।

कार्यक्रममा पत्रकार, समुदायका अगुवा, सरोकारवाला निकाय र चासो राख्ने सम्पूर्णलाई उपस्थित भई आधिकारिक धारणा बुझ्न आयोजकले हार्दिक अनुरोध गरेका छन्।

Related Articles

Back to top button