विदेशमा बसेर के सिक्याै सिकायाै त संस्कार ? – ललित सुब्बा
हुदाखाँदाको आफ्नो लालाबाला र जन्म दिने बाबाआमालाई चटक्क छाडेर को मान्छे रहरले बिदेश जाने सपना बुन्दो हो । तर बिश्वका श्रमबजारमा नेपालीको फैलावट हेर्दा यस्तो देखिन्छ, मानौ हरेक नेपाली जन्मनासाथ उ बिदेशभूमीमा नङ्ग्रा खियाउने सपना देख्न थाल्दछ । कहिले प्लस टू गरौंला र जापान, अष्ट्रेलिया यूरोप अमेरिका उडौंला भन्दै अध्ययन गरिरहेका तन्नेरीहरुको संख्या सानो छैन । अहिले हामी बाँचिरहेको समाजको यथार्थ चित्रण नै यहि हो । निकम्मा शासकका कारण देशले क्षमता र उर्जावान जनशक्तिलाई देशभित्र न रोक्न सकेकोछ, न त्यसमा केहि प्रयत्न नै गरेको देखिन्छ । यस्तो पलायनता रोक्न परै जावस बरु हाम्रा नेताहरु उल्टै आफुलाई जिताएर संसदमा पठाए फ्री भिसामा बिदेश पठाईदिन्छौ भन्दै मत मागिरहेका देखिन्छन् । दुखका साथ स्विकार्नुपर्छ, बिदेश पलायन हाम्रो संस्कृतिको अभिन्न अँग नै बनिसक्यो ।
यो यथार्थताबाट हामी भाग्न सक्दैनौ । बरु यो सँस्कृतिजन्य बाध्यतालाई कसरी अवसरमा रुपान्तरण गर्ने भन्ने चिन्तन गर्न थाल्नुपर्ने देखिन्छ । बिश्वभर फैलिएका करिब ५० लाख जनसंख्याले आर्जन गरेको सीप र कौशल देश हितमा तत्काल उपयोग गर्न नसकेपनि तिनले कमाएको सम्पतिलाई कसरी समृद्धिका निम्ति प्रयोग गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्नेमा त्यसमा पनि नेतृत्वको ध्यान गएको देखिदैन । उल्टै तिनले कमाएको रेमिट्यान्सबाट आर्जित अर्थतन्त्रलाई अनुत्पादक क्षेत्रमा खर्च गर्न दिइदोछ । रेमिट्यान्सले राज्यले आफ्नो पेट पालिरहेको मात्र पालिरहेकोछ । तिनका हितमा काम गर्ने हैन हतोत्साहित बनाउने काम मात्र भैरहेकोछ । रेमिट्यान्सको रकमले काम नगर्ने उल्टै श्रम बेचेर फर्किएकाहरुलाई भन्सार शुल्कका नाममा बिमानस्थलमा हैरानी पार्ने जुन काम गरिदोंछ, त्यो बिडम्बना नै भइदिएकोछ । अर्काको कमाई खान पल्किएकाहरुले बिदेशमा हैरानी ब्योहोरिरहेका नेपालीका पीडा के थाहा ?
छिमेकी देश भारत र चीनले ज्ञान, सीप र तिनले आर्जन गरेको श्रमको मूल्याँकन गर्दै तिनलाई स–सम्मान स्वदेश आमन्त्रण गर्छन । दक्ष जनशक्तिलाई तिनले त्यहाँ कमाउने तलब भन्दा बढी तलब अफर गरि बोलाउँछन् । त्र हाम्रोमा बिदेशिएका नागरिकलाई सम्बोधन गर्ने जाबो एउटा बिधेयक समेत अड्किएर बस्छ । संसदको दुई तिहाई बहुमतले पारित गरिएको ‘एनआरएन नागरिक विधेयक’ राष्ट्रपति कार्यालयमा गएर अड्किएकोछ । त्यो पास नगर्न निकै चलखेल भएको भनिन्छ । जबकि त्यो विधेयकमा एनआरएनलाई त्यस्तो उल्कै केही अधिकार दिइएकोपनि होइन । भारत र पाकिस्तानमा जस्तो एनआरएनको हकमा दोहोरो नागरिकताको ब्यवस्था त्यहाँ परेकै छैन । म त त्यो विधेयक हुनु नहुनुमा केहि तात्विक भिन्नता पनि देख्दिन । उदाहरणका निम्ति एनआरएनका नेताहरु डा उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, कुमार पन्तहरु हरियो पासपोर्टमै बिश्व शयर गरिरहन’भएकोछ । उहाँहरुलाई किन चाहियो सरकारले दिन खोजेको तथाकथित बिशेष सुविधा सहितको परिचयपत्र ?
यी भए बिदेशिएका नेपालीले ब्योहोरिरहेका अप्ठेरा र राज्यले उनीहरुलाई हेर्ने दृष्टिकोण जसले दोश्रो दर्जाको नागरिकको हैसियत भन्दा उपल्लो दर्जा दिन मान्दैन । तर राज्यले उनीहरुको संवेदनशील बिषयहरुमा कुरै गर्न चाहँदैन । बिदेशिएका नागरिकले त्यहाँ के के कुरा गुमाउनुपरेकोछ, त्यसमा आँखा चिम्लिएर बसिदिन्छ । जस्तै बिदेशिएका नागरिकका सन्तानले त्यहाँ प्राप्त गर्ने ज्ञानलाई एकातर्फ राख्ने हो भने तिनले अँगिकार गर्ने सँस्कार र सँस्कृतिले आफ्नो पहिचानको अवस्था कुन अवस्थामा पुग्दैछ त्यसमा कोहि घोत्लिएको देखिदैनन । जसले नेपाली नागरिकता त्यागे म तिनको कुरा गरिरहेकोछैन । तर जसले नेपाली पासपोर्टमै बिदेशमा आफ्नो श्रम बेचिरहेकाछन्, न ति बिशुद्ध नेपाली रहिरहन सकेकाछन् न ति बसिरहेको देशको नागरिकको हैसियतमा त्यहाँ आफ्नो हैसियत सकिरहेकाछन । तिनका सन्तानलाई ‘आइडेन्टिटी क्राइसिस’ मा बाँच्नु परेकोछ । यस्तो दोहोरो जिवन बाँच्नु परिरहेकोछ, तिनलाई । नयाँ पुस्ता उत्पत्तिको हिसाबले नेपाली त हुन् तर सँस्कारको हिसाबले ति बर्णशंकर जिवनयापन गर्न अभिशप्त छन् । यसरी कसरी बन्न पहिचान ? कसरी हुन्छ आफ्नो जाति र राष्ट्रप्रतिको अपनत्व जागृत ?
बच्चाले आफ्ना अभिभावकको सिको गरेर सँस्कार र सँस्कृति अँगिकार गर्ने हुन् । भिन्न सँस्कार र सँस्कृति भएको भूमीमा जन्मिकाए सन्तानहरु दुई दशकदेखि त्यहाँको समाजमा भिजिरहेकाछन । हामी आफ्ना बच्चाले अङ्ग्रेजीमा भट्याउँदा गर्व महस’स गर्छौ तर तिनले आफ्नो भाषा र सँस्कृतिमा संवाद गर्न नसकेकोमा कुनै चिन्ता लिइरहेका हुदैन। हामीले अर्के परिवेशमा ह’र्किरहेका आफ्ना बच्चालाई आफ्नो भाषा सँस्कार बुझाउनु पर्थ्याे , सिकाउनु पर्थ्याे तर हामीले त्यो गर्नै सकेनौ । यो ब’झाउन नसकेपछि तिनले कस्तो शिक्षा दिक्षा र सँस्कार ग्रहण गर्छन् भनिरहनु पर्दैन । सँस्कार बिनाको परिवारले कसरी आफ्नो पहिचान स्थापित गर्नसक्दछ ? स्वाभाविक छ, यस्तो संस्कारविहिन परिवारले समाज परिवर्तन गर्न सक्दैन र समाज उन्नत नभए देशले गर्व गर्ने ठाउँ रहदैंन । यो निकै चिन्ताको बिषय हो ।
जस्तैः जापान कोरिया जस्ता देशमा आफु भन्दा ठुला ब्यक्तिले बोल्दासम्म घोप्टो परेर स’निरहने प्रचलन छ । कुनैपनि काम गरे ाबपत धन्यवाद भन्दै शीर निहुराएर कृतज्ञता फर्काउने गर्छन । हामी के गर्छौ ? अरुको पछाडि कुरा काट्छौ । पाकाहरुको अनादर गर्छौ । ब्यक्तिका कमीकमजोरीमाथि खिल्ली उडाउँछौ । राजनीति हेरौं– त्यहाँ आश्वासन दिने र ढाँट छलकपट गर्ने बाहेक केहि सिक्न पाईंदैन । गाली हाम्रो संस्कारको अभिन्न अँग भैसकेकोछ । त्यसो त कुलमान घिसिङ जस्ता कर्मबीर पनि छन् जो कर्मबाटै आफ्नो अस्तित्व कायम गर्छन । बालेन्द्र शाह र हर्क साम्पाङहरु पनि निस्किरहेकाछन जसले आफुलाई कामबाटै चिनाउने प्रयत्न गरिरहेकाछन् । कर्म गर्ने मान्छेको ब्यवहार र चिन्तन भिन्नै हुन्छ भन्ने दृष्टान्त मैले क’लमानबाट प्राप्त गरेको हुँ। म एनआरएन हङकङको अध्यक्ष ( सन २०१५–१७) छँदा तत्कालिन उर्जामन्त्री
जनार्दन शर्मा र नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हङकङ बोलाई सम्मान गरिएकोथियो । हामीले ब्यक्तिलाई नभई कामलाई सम्मान गरिएकोथियो । त्यबिेला हङकङ स्थित नेपाली महाबाणिज्य दुतावासको सहयोगमा हामीले दुई जनालाई हङकङमा अभ्यास भइरहेको बिद्य’तीकरण बारे अध्ययन भ्रमण गराएकाथियौं । एउटा पानी र अर्काे कोइलाबाट निकालिएको बिद्युत गृहमा घुमाएपछि त्यसको अनुभवबाट ति कर्मजिवीले त्यसलाई शिक्षाको रुपमा लिई नेपालमा पनि अभ्यास गर्ने प्रयत्न गरे । ज्ञान र संस्कार बन्ने त यसरी नै हो । सिकाईको अभ्यास पनि यसरी नै हो, आउने । यसमा सम्बन्धित देशमा खोलिएका नेपाली दुतावासले यस्ता गम्भीर बिषयमा काम नै गर्न सकेको छैन । उ सामान्य कागजात र पासपोर्ट बनाईदिने जस्ता प्राविधिक काममा मात्र अल्झि रहेको देखिन्छ । वास्तवमा दुतावासले नेपाललाई कसरी प्रवद्र्धन गर्न सकिन्छ ? कसरी बढिसेबढी नेपालीपन देखाउन सम्बन्धित देशका नागरिकलाई नेपाल पठाउन सक्छ ? खाली नेपाल पर्यटन बोर्डले पठाएको बजेट फुरमास गर्न देखावटी कार्यक्रम गरेर मात्र भएन । त्यसका निम्ति नेपाल बुझेका नेपाली टूर गाईडको सहयोग लिन सक्दछ, वा तिनको क्षमताबृद्धि गर्नसक्दछ, त्यसतर्फ ध्यान मोड्न जरुरी देखिन्छ ।
ब्राजिल र अफ्रिकाले आफ्नो सँस्कार र सँस्कृति देखाउन हरेक बर्ष हजारौंको सँख्यामा बह’साँस्कृतिक भेषभुषा झल्कनेगरि कलाकारहरुलाई तयार पार्छन । र, लाखौंको सँख्यामा बिदेशी पर्यटक आकर्षित गर्छन । हामीले यस्तोबाट किन नसिक्ने ? हाम्रा सरकारले नियुक्त गरेका काम न काजका सदभावना दुतहरुले के गरिरहेकाछन् ? टुरगाइडको रुपमा मैले एशिया मात्र नभई युरोपका कतिपय देशहरुमा शयर गराएको छाै। एनआरएन हङकङको अध्यक्षको हैसियतले सन २०१६ मा एनआरएन केन्द्रिय समितिका महासचिव तेन्जी शेर्पा लगायत हङकङका १५३ जना चिनिया पर्यटकहरुलाई काठमाण्डौ विमानस्थलमा स्वागत र सम्मान गर्ने अभिभारा पनि बोकेकै हुँ । त्यतिबेला चाइना, मकाउ र ताइवानका ब्यापारीहरु पनि आएकाथिए । हामीले याक एण्ड यतिमा नेपाल सरकारको तर्फबाट पर्यटन मन्त्री, सचिव र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लगायतका ब्यक्तित्वहरुसंग तिनलाई आमने–सामने राखि छलफल गराइदिएकाथियौं । त्यो एउटा सौहार्द बहस थियो । हामीले एउटा थालनी गरेकाथियौं । त्यसपछि त्यस्तो कार्यक्रम दोहोर्याएर नै हुन सकेन ।
भर्खर मात्र म दुबई भ्रमणमा थिए । यो अवसर नवीन विकले जुराईदिनु भएकोथियो । त्यहाँ पर्यटकहरुको भीड देख्दा म अचम्मित परे । त्यहाँ वालुवा माथि बनाइएको स्तम्भ हेर्न बर्षमा १० करोड पर्यटक आउँदा रहेछन् । हाम्रो देशमा अन्य ठाउँमा नभएको सगरमाथा र बुद्ध जन्मभूमी लुम्बिनी छ । हामीले यो सम्पदा बेच्नै सकेकाछैनौ । भिखारी झैं अरुका अगाडि हात फैलाइरहेकाछौ । नेपाल सरकारले सडक र होटल बनाइदिएकोभए पर्यटक बढ्नेथिए, तर त्यसमा केहि काम नै हुनसकेकोछैन । लज्जास्पद छ अवस्था ।
मेरो नेतृत्वमा चलेको अल्फा ट्रावल्सले करिब ४ सय चिनिया पर्यटकहरुलाई लुम्बिनी र पोखरामा भ्रमण गराएकोथियो । म आफै सगरमाथा बेसक्याम्प सम्म पुगे । त्यसको आधारमा भन्दा हामीले पर्यटक तान्ने पूर्वाधार नै बनाउन सकेकाछैनौ । पर्यटकहरुलाई आश्वस्त पार्न सकेकाछैनौं । सरकारको असहयोगका कारण यसमा पर्यटन क्षेत्र नै उत्साहित हुन सकिरहेकोछैन । अहिलेको पर्यटनमन्त्री सुदन किरातीले केहि अगश देखाएकाछन्, हेरौ के हुन्छ । उनले घोषणा गरे झैं केहि काम पनि गर्छन कि अन्य गफाडी नेताले झैं बिकासका गफ गफैमा सिमित हुन्छ भविष्यले निर्धारण गर्नेछ ।
(लेखक एनआरएन हङकङका पूर्व अध्यक्ष हुन् । )