NRNA Special

ऐतिहासिक बन्यो पहिलो एनआरएनए कप, बीवाइएनसीलाई उपाधि

लन्डन । पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ ।

एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा गरेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्‍यो ।

मेन टिम विजयी

रनरअप भएको प्लमस्टिड गनर्सले एकहजार पाउण्ड नगद र मेडल्स् प्राप्त गरेको छ । उता, भेट्रान वीनर बन्यो ड्याडीज एफसी । उसले एक हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्‍यो भने भेट्रान रनर अप भएको इन्टेक ०४ ले ५ सय पाउण्ड नगद र मेडल्स् पायो ।

नन भेट्रानतर्फ ७ गोल गरि हाइऐस्ट स्कोरर केल्भिन भए भने वेष्ट प्लेयर विशाल तामाङ । त्यसैगरि, भेट्रानतर्फ हाइऐस्ट स्कोरर कविर गुरुङ र वेष्ट प्लेयर खुम गुरुङ भए ।

प्रमुख अतिथी अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, प्लेटिनम प्रायोजक सी ५३ का निर्देशक अजय ठकुरी, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए आइसीसी सदस्यहरु कुमार थापा, रिचर्ड गुरुङ लगायतले विजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा नन भेट्रान २४ र भेट्रान १६ गरि कुल ४० टिमले प्रतिष्पर्धा गरेका थिए ।

भेट्रान टिम विजयी

बेलायतका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गरिएको हो ।

प्रमुख अतिथी सांसद बेकरले आफू सांसद निर्वाचित भएपछि नेपालीको पहिलो विशाल कार्यक्रममा सहभागी हुन पाएकामा कृतज्ञता व्यक्त गर्दै खेलले सबै समुदायलाई एकतावद्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा नेपालीहरुको बढ्दो उपस्थितिले थप समृद्ध बनेको उल्लेख गर्दै भूतपूर्व गोर्खाहरुका जायज माग सम्बोधनका लागि आफू गम्भीर भएर लाग्ने प्रण पनि गरिन् ।

अध्यक्ष प्रेम गाहामगरले पहिलो एनआरएनए कप पूर्ण सफल भएको जनाउंदै उत्साहजनक सहभागिताका लागि आमदर्शक, आर्थिक सहयोग गर्ने प्रायोजक, दाता एवं खेलाडीहरुप्रति आभार व्यक्त गरे ।

संस्थाका संस्थापक अध्यक्ष महन्त श्रेष्ठले कार्यक्रमको महत्व र नेतृत्वलाई विश्वास गरेर गरिमामय उपस्थिति जनाइदिएकामा आभार व्यक्त गरे ।

उनले आगामी दिनमा अझ परिष्कृत र भव्य बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रमुख संरक्षक गुरुङले प्रतियोगिता ऐतिहासिक बन्न समस्त नेपाली समुदायको साथ रहेको बताउंदै त्यसप्रति आभार व्यक्त गरे । उनले आगामी वर्षहरुमा यसलाई अझ परिष्कृत गरिने पनि बताए ।

पहिलो नेपाली महोत्सव समेत भएकाले कार्यक्रम सांस्कृतिकमय देखिन्थ्यो । सो अवसरमा नेपाली गीत संगीत र नाच प्रस्तुत गरियो भने खाना, नेपाली बियरका स्टलमा दर्शक झुम्मिइरहे ।

सयपत्री कल्चरल ग्रुपका तर्फबाट लिकोन गुरुङ, सेलिना शाही र रितिका खरेलले स्वागत नाच प्रस्तुत गरेका थिए भने गायिका तायाहाङ राई र ८३ वर्षीय गायक रिटायर्ड क्याप्टेन वीरबहादुर थापाले विभिन्न गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायतस्थित प्रमुख नेपाली संघसंस्था प्रतिनिधिहरुको उत्साहजनक सहभागिता र समर्थन देखिन्थ्यो । सहभागी प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरुलाई गुल्मी प्रथम नौमति बाजा यूके र ब्याकपाइपर धुन र खादा-ब्याजले न्यानो स्वागत गरिएको थियो ।

प्रतियोगिता सफल बनाउन युवा तथा खेल संयोजक विशाल राई, सहसंयोजक एवं आर्थिक संयोजक असल लिम्बु, सदस्य सचिव निकेश लिम्बु, एनआरएनए यूके स्पोर्टस् डेभलप्मेन्ट चिफ एडभाइजर डब्लुओवान सुरेश गुरुङ लगायतले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा करिब ४ हजार सहभागी रहेको एनआरएनए यूकेले जनाएको छ ।

सो अवसरमा मगर संघ यूके अध्यक्ष सीता पुन, तमु प्ले ल्हु संघ अध्यक्ष क्या रि. डेमबहादुर गुरुङ, गुल्मी समाज यूके अध्यक्ष रुद्र थापा, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, यती एसोसिएसन यूके अध्यक्ष पिपला पाण्डे देवान, प्रतिभा नक्षत्र यूके संस्थापक राजेन्द्र खस, तमु समाज यूके सल्लाहकार काउन्सिलर कमल गुरुङ, काउन्सिलर विष्णु गुरुङ, नेपलिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष रस्मिता दर्लामी, सोंपाल समाज यूके अध्यक्ष जगदीश गुरुङ, सोंपाल समाज यूके पूर्व अध्यक्ष श्री गुरुङ, इलाम समाज यूके अध्यक्ष टेकवीर राई, किरात याक्थुङ चुम्लुङ यूके महासचिव जुरेन्द्र खजुम, किरात राई यायोख्या यूके अध्यक्ष चन्द्रबहादुर राई, पूर्व अध्यक्ष कल्पना राई, तामाङ सोसाइटी अफ यूके अध्यक्ष ज्ञानबहादुर तामाङ, क्षेत्री समाज यूके अध्यक्ष श्रद्धा थापा, शेर्पा एसोसिएसन यूके महासचिव नोर्बु शेर्पा, स्यान्डहष्र्ट नेपलिज कम्युनिटी अध्यक्ष नेत्रबहादुर थापा, लमजुङ समाज यूके अध्यक्ष दलबहादुर गुरुङ, बुटबल सेरोफेरो समाज यूके अध्यक्ष ताम ढेगा, मगर बुद्धिष्ट सोसाइटीका टिका दर्लामी, बेजिङस्टोक नेपलिज कम्युनिटी यूके अध्यक्ष ओम गुरुङ, तमुधिं लन्डन इकाइ र स्याङ्जा समाज यूके अध्यक्ष भरत गुरुङ, मगर एसोसिएसन रेडिङका सोभ रेगामी, संखुवासभा सोसाइटी यूके अध्यक्ष हेमा राना गुरुङ, हिन्दू महासंघ यूके अध्यक्ष खगेन्द्र पाठक, नेपलिज कम्युनिटी टनब्रीज अध्यक्ष भेष थापा, तनंहु समाज यूके अध्यक्ष केशर राना, ब्रिटिश वेलफेयर सोसाइटी यूकेबाट ओमथापा काउचा, मोना यूके अनिल मल्ल, प्रमुख सल्लाहकार सोलिसिटर राजु थापा, व्यवसायी मिन दर्लामी, धादिङ नुवाकोट समाज यूके अध्यक्ष धन तामाङ, देवाचन बुद्धिष्ट सेन्टर अध्यक्ष लामा गुरु धर्म गुरुङ, राङबाङ समाज यूके शारदा गुरुङ, नेपाल पत्रकार महासंघ बेलायत विमला सेने, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बेलायत अध्यक्ष बमथापा सूर्यवंशी, मगर एसोसिएसन यूके युथ अध्यक्ष अनिल थापामगर, किरात सुनुवार सेवा समाज यूकेबाट मनोज सुनुवार, मगर एसोसिएसन यूएचएसबी ब्रान्चबाट ऋषि राना, कोल्मा बहाकोट समाज यूके सल्लाहकार तथा सहारा यूके संस्थापक अध्यक्ष नवीन गुरुङ, सहारा यूके पूर्व अध्यक्ष कुमार गुरुङ, ठकुरी समाज यूके अध्यक्ष सन्त चन्द, नेपाल आदिवासी जनजाती महासंघ यूके महासचिव फरमबहादुर दुरा, प्रथम नौमती बाजा गुल्मी यूके अध्यक्ष ओमप्रसाद थापा काउचा, सयपत्री कल्चरल ग्रुपकी कोरियोग्राफर कविता घर्ती गुरुङ लगायत झण्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए

Related Articles

Back to top button