सागरमाथा गाेर्खा नेपाली समाज आस्फाेर्डकाे ११ ओै महाधिवेशन हुने

आस्फाेर्ड,
नेपाली समाज आस्फाेर्ड केन्टकाे साझा संस्थाकाे रुपमा स्थापना भएकाे सगरमाथा गाेर्खा नेपाली समाज आस्फाेर्ड केन्टकाे आगामि ३१ मे २०२५ गते शनिवारका दिन ११ ओैं महाधिवेशन हुने भएकाे छ ।
संस्थाका अध्यक्ष डम्बर सिंगक लिम्बुका अनुसार हरेक २ बर्षमा हुने महाधिवेश याे पालि ३१ मे शनिवारका दिन आस्फाेर्ड केन्टमा रहेकाे साइमन सभाहलमा विभिन्न समाजिक संघ,संस्थाका प्रतिनिधीहरुकाे उपस्थितिमा भब्य र सभ्य रुपमा सम्पन्न हुने जनकारी दिएका छन । याे महाधिवेशनसगै युवा कम्युनिटी र महिला कम्युनिटीहरुकाे हुने भएकाे ।
यश संस्थाले लामाे समय देखि सामाजिक क्षेत्रमा अबल सेवा पर्याउदै आएकाे छ । धार्मिक,समाजिक,सांस्कृतिक, भाषिक सद्भाव, कायम गर्दै । बाढी,पहिराे,आग्लागि,बिरामी पिडितहरुलाई आर्थिक डाेनेसन गर्नुका साथै असाहय,अनाथहरुलाई खाध्य तथा लता कपडा जस्ता आवसकिय बस्तुहरु हरेक बर्ष सहयाेग संकलन गरेर विभिन्न क्षेत्रका पिडितहरुलाई सहयाेगदान गर्दै आउने गरेका छ ।
नैतिक अनुसानलाई प्राथमिकतामा राख्दै आउदाे युवा पुस्ताहरुकाे आकाक्षा,भवना र नेपाली समुदायलाई आवश्यक पर्ने आवसकिय गुण र खुराकलाई मध्य नजर गर्दै शिक्षा,स्वास्थ्य,खेलकुद,, सांस्कृतिक बिकास समाजिक,सद्भाव,भाईचार,तथा आर्थिक,उन्नती ब्यक्तित्व, बिकास,युर्थहरुलाई कसरी कुलतबाट अलग गराउने भन्ने जनचेतनामुलक, शिक्षा र समुसायिक कृर्याकलापहरु निरन्तर गर्दै आएकाे र संस्थाकाे लक्ष्य,उदेश्य यहि भएकाे अध्यक्ष डम्बर सिंगक लिम्बूले बताएका छन ।
यस्ता कार्य गतिबिधीले आउदाे पुस्तामा भाषिक,धार्मिक, सांस्कृतिक, हस्तारणकाे बिकास हुनका साथ नेपाली पनकाे सामाजिक परम्पराकाे दर्बिलाे बिकास र निरन्तर उत्थानमा ठुलाे टेवा पुग्ने देखिन्छ । सन २००४ सालमा स्थापना भएका यश यस सगरमाथा गाेर्खा नेपाली समाज आस्फाेर्ड केन्टले आफ्नाै साझा भवन निमार्णका लागि जग्गा समेत खरिद गरेकाे छ । भने स्थानीय समुदाय र स्थानीय सरकारसंग समन्वय गर्दै सन २००९ साल देखि हरेक बर्ष यश संस्थाले नेपालीहरुकाे बाक्लाे उपस्थितीमा नगर,शहर,पार्क जस्ता ठाउमा सरसफाईकाे अभियान चलाउदै आएकाे छ।
– सिक्कुम ज्ञानु फुरुम्बा ‘चरपे’