युकेमा बढि नेपाली रहेको रसमोर कम्युनिटीको अध्यक्षमा श्रीमति लिलासेलिङ माबो

लण्डन,
१९ मे २०२५ । करिब डेढ बर्ष अधि सम्पन्न अधिवेशनबाट मान गुरुङ र लिला सेलिङ माबो आलोपालो नेतृत्व गर्ने गरि अध्यक्षमा चयन भएका थिए। जस अनुसार आफ्नो १८ महिने कार्यकाल सकिएपछि गुरुङले पद हस्तान्तरण गरेका हुन् ।
अब भने ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा पहिलो पटक महिला अध्यक्ष माबोले १८ महिना नेतृत्व गर्ने छिन्।
अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको पद हस्तान्तरण समारोहमा स्वास्थ्य र सुरक्षाबारे सचिव प्रजेश श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रम सञ्चालन महासचिव सुनिल रानाले तथा स्वागत मन्तव्य उपाध्यक्ष एवं संयोजक डा.विशाल गुरुङले राखेका थिए ।
कोषाध्यक्ष श्याम श्रेष्ठ रहेका ,सह कोषाध्यक्ष मिलन रोकाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । संस्थाको हालसम्मको उपलब्धि र गतिविधिबारे अध्यक्ष गुरुङले प्रतिबेदन पेश गरेर जानकारी गराएका थिए। अध्यक्ष गुरुङले आफनो कार्यकालमा सहयोग गर्नुहुने र उपस्थित सबैलाई धन्यवाद दिएका थिए। साथै आफु पदमा नरहे पनि पूर्ण सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेका थिए।
नयां कार्यभार संहाल्दै अध्यक्ष लिला सेलिङ माबोले सबैको सहयोग लिदै , नयां युवाहरुलाई धेर भन्दा धेरै सहभागिता गराउंदै , सस्थालाई अझ द्रुत गतिमा अगाडी बढाउने साथै स्थानिय काउन्सिल संग यथावत नजिकको सम्बन्ध राख्ने जस्ता कुरा राख्दै आफनो धारणा ब्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिईन ।
नवनिर्वाचित अध्यक्ष माबो आधा दर्जन पुस्तकका लेखिका हुन भने उनले म्याचुर विद्यार्थीको रुपबाट भर्खरै मात्र साईकोलोजी विथ क्रिमिनोलोजीबाट माष्टर्ष डिग्री गरेकी हुन ।