कोलचेस्टरमा बुलानिलकण्ठ स्कूलका पूर्व हेडमास्टर स्वर्गीय केन जोन्स प्रति श्रद्धाञ्जली तथा स्मरण सभा

लण्डन। २ मे, शनिबार बेलायतको कोलचेस्टर स्थित भिलेज हल नजिकको East Donyland Burial Ground मा बुलानिलकण्ठ स्कूलका पूर्व दोस्रो हेडमास्टर प्रति श्रद्धाञ्जली तथा स्मरण सभा कार्यक्रम सम्पन्न भएको संयोजक मेजर समराज गुरुङले जानकारी दिनु भएको छ।
कार्यक्रम दुई चरणमा रहेको थियो। बिहान १०.४५ मा ब्याग पाईपर सहित सिमेट्रीमा रेभरन तेरी वाल्कर द्वारा बिधिवत प्रार्थना, फुल तथा रिथ अर्पण गर्दै मेजर समराज गुरुङको प्रस्तुतीमा सुवास कायस्थले स्वर्गीय हेडमास्टर केन जोन्सले पुर्याएको देनको बयान गर्दै स्मरण सभा सम्पन्न भएको थियो।
कार्यक्रममा बुढानिलकन्ठ स्कुलका पहिलो ब्याजका छात्रहरु सुवास कायस्थ र सुनिल राना साथै अन्य ब्याजका हितमान गुरुङ, हिम गुरुङ, समराज गुरुङ, लक्ष्मण पुन, अर्तिओम उप्रेती, देबेन्द्र आले, गणेश थापा, किरण गुरङ, भिम बस्याल, सेबस् यूके (SEBS UK) का वर्तमान अध्यक्ष याडु पौडेल, हरित पोखरेल र सेबस् यूके (SEBS UK) का निर्बर्तामन अध्यक्ष गणेस चन्द अनि वहांहरुको श्रीमती त्यसै गरि श्रीमती उना जोन्स (Mrs Jones) र वहांको छोराछोरी स-परिवर लगायत स्थानीय समुदायका सदस्यहरू, तथा शुभेच्छुक नेपाली समुदायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको दोस्रो चरणमा Royal Gurkha Lounge, Colchester रेष्टुरेनटमा दिप प्रज्वलन र औपचारिक कार्यक्रम भएको थियो। जुम मार्फत बुढानिलकन्ठ स्कुलको वर्तमान प्रिन्सिपल केशर खुलाल, पुर्व नेपाली शिक्षक बालकृष्ण बैद्य, पुर्व साईन्स बिषयका शिक्षिका श्याम बदन श्रेष्ठहरु संग केन जोनको बारेमा आआफ्नो भनाई राखेर स्मरण गरेका थिए। औपचारिक कार्यक्रमको क्रममा सुनिल रानाले बुढानिलकन्ठ स्कुलको बिषयमा अनि स्वर्गीय शिक्षकको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनको व्यक्तित्व र समर्पणको प्रशंसा गरेका थिए। उनको मार्गदर्शन र अनुशासनले धेरै विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउंदै अन्य भुपु बिधार्थीहरु कार्यक्रममा उपस्थित हुन असमर्थ भए पनि आर्थिक र नैतिक रुपले साथ सहयोग गर्नुहुने नरेश खावास, प्रमोद शेरचन, नवाङ शेर्पा, सुरेन कनवार, टेक गुरुङ, डम्मर गुरुङ, मैत लिम्बु, डोम गुरुङ, कृष्ण सिं, टेक लोक्ताम, शम्भु शाह, हर्कराज परियार, पुर्ण गुरुङ, जगत महत्रा, धन बहादुर लामा सबैलाई धन्यबाद ब्यक्त गरेका थिए। समराज गुरुङले अनुपस्थित पुर्व छात्रको समबेदना पढेर सुनाएका थिए भने सबै प्राप्त चिठीहरुको फोल्दर श्रीमती उना जोन्स लाई हस्तारान गर्नु भएको थियो।
स्वर्गीय हेडमास्टर केन जोन्सको अन्त्योस्तीमा Guard of Honor दिनुहुने मेजर उदय गुरुङ, क्या उमेश पुन र रबिन गुरुङलाई सेबस् यूके (SEBS UK) का तर्फबाट खादा अनि मायाको चिन्ह प्रदान गरिएको थियो। कार्यक्रम शान्तिपूर्ण वातावरणमा रोयल गोरखा लाउन्जको स्वादिष्ट भोजन सहित सम्पन्न भएको थियो।
अन्त्यमा श्रीमती जोन्सले यसरी स्मरण सभा भब्य गरेकोमा कृतज्ञता जाहेर गर्दै आयोजक टिम लगायत उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो।




