प्रवासयुके विशेष

तनहुँ समाज युकेको १८ औं वार्षिक भेटेघाट कार्यक्रम ७ जुन २०२५ मा

लण्डन १९ मे २५। तनहुँ समाज युकेको १८ औं वार्षिक भेटेघाट र समर बिबिक्यु पार्टीको आयोजना गरेको सम्योजक टिमले जानकारी दिएका छन्।

कार्यक्रम ७ जुन २०२५ शनिबार फर्नबरोस्थित स्यामुएल कोडी स्पोर्ट कलेज (ओल्ड ओक फार्म स्कूल) मा आयोजना हुनेछ।

तनहुँ समाज युकेको स्थापना १९ जुलाई २००८ मा भएको थियो। बेलायत भरि फैलिएका तनहुंबासीहरुको लागि समाजको उद्देश्य तनहुँ जिल्लाका सदस्यहरूको एकतालाई सुदृढ पार्नु र कायम राख्नु हो। १८ औं वार्षिकोत्सव मनाउँदै गर्दा, नेपालका विशेष कलाकारहरू र स्थानीय नेपाली कलाकारहरूको प्रस्तुतिको लागि उत्सुक रहेको संयोजक बताउंछन् ।

कार्यक्रममा प्रत्यक्ष लोकनृत्य (कौरा) र अन्य सांस्कृतिक विषयवस्तुहरू समावेश हुने भएकोले सबैजना उपस्थित भईदिन हुन अध्यक्ष केशर रानाले बिनम्र अनुरोध गरेका छन्।

 

Related Articles

Back to top button