प्रवासफिचर न्यूजराजनीतिसमाचार
गगनकुमार थापा र युवराज सिंहबीच शिष्टाचार भेट

नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा र नेपाली जनसम्पर्क समिति (यूके) का सभापति युवराज सिंहको नेपाल भ्रमणका क्रममा शिष्टाचार भेटवार्ता भएको छ। आम निर्वाचनको परिवेशमा सम्पन्न उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण तथा विदेशस्थित नेपालीहरुको भूमिका थप प्रभावकारी बनाउने विषयमा विचार आदान-प्रदान भएको स्रोतले जनाएको छ। एक पटकको नेपाली सधैंको नेपाली र वंशजको नेपाली नागरिकतको निरन्तरतामा आफु प्रतिबद्ध रहेको कुरा नेपाली कांग्रेसका केन्द्रीय सभापतिले व्यक्त गरेका छन्।
उक्त भेटले यूकेमा रहेका प्रजातान्त्रिक समर्थक तथा नेपाली कांग्रेसनिकट कार्यकर्ताबीच सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, यसले समग्र निर्वाचन अभियानलाई थप सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





